वाम गठबन्धनले सात वटै प्रदेशका मुख्यमन्त्री, सभामुख र उपसभामुख पदको भागबण्डा टुङ्ग्याएका छन्। अार्इतबार सिंहदरवारमा बसेको गठबन्धनकाे संयुक्त कार्यदलको बैठकले भागवण्डा गरेको हो।
एमालेले पाउने मुख्यमन्त्री प्रदेश– १, ३, ४ र ५ रहेको छ भने माओवादी केन्द्रले प्रदेश–६ र ७ को मुख्यमन्त्री पाउने छ । त्यस्तै प्रदेश सभाको सभामुखमध्ये एमालेको भागमा प्रदेश–१, ३, ६ र ७ एमालेको भागमा परेको छ ।
माओवादी केन्द्रले प्रदेश ४ र ५ को सभामुख पद पाउने छ । उपसभामुख प्रदेश–१, ३, ४ र ५ माओवादीले पाएको छ भने एमालेले प्रदेश– ६ र ७ पाएको छ।




