दमक/राष्ट्रिय जनमुक्ति पार्टीको क्षेत्रीय तथा दमक नगर समितिको नयाँ नेतृत्व चयन भएको छ । दमकमा आज सम्पन्न सातौ क्षेत्रीय तथा नगर अधिबेशनले नयाँ नेतृत्व चयन भएको हो ।

पार्टीले सार्वजनिक गरेको विज्ञप्तीका अनुसार पार्टीको क्षेत्रीय अध्यक्षमा चन्द्रबहादुर जिमी निर्वाचित भएका छन् । उक्त कार्यसमितिको उपाध्यक्षत्रयमा सुर्यप्रसाद राई, धनमाया मगर,मनिकुमार तामाङ,सचिवमा धनबहादुर मगर,उपसचिवमा राजन लिम्बु ,कोषाध्यक्षमा आइतराज तामाङ चुनिएका छन् । १८ सदस्यीय क्षेत्रीय समितिका सदस्यहरुमा कौशिल राई,शान्ता नेम्बाङ,बिमला नेम्बाङ,कमलबहादुर नेम्बाङ र निर्मला जवेगु रहेका छन् । यसैगरि अधिबेशनले १७ सदस्यीय क्षेत्रीय सल्लाहकार समिति समेत गठन गरेको थियो । गठित क्षेत्रीय सल्लाहकार संयोजकमा लालबहादुर काउछा मगर रहेका छन् भने सदस्यहरुमा बसन्तदुमी राई,जतन चाम्लिङ,नरबहादुर मादेन,इन्द्रमाया लिम्बु ,फाल्गुनी धिमाल,पूजा लिम्बु र मनकुमार नेम्बाङ रहेका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यसैगरि पार्टीको दमक नगर समितिमा लालबहादुर खजुम चुनिए । गठित समितिको द्धय उपाध्यक्षमा जसमान राई,खेमकुमारी आले मगर,सचिवमा धनराज राई र कोषाध्यक्षमा सुर्यकुमारी तामाङ रहेका छन् । अधिबेशनले निर्वाचित १९ सदस्यीय कार्यसमितिका सदस्यहरुमा मीना लुङगेली मगर,नरेन्द्रराज धिमाल,झरना लिम्बु ,अशोक इजम,सम्झना पिठाकोठे मगर ,उमेश राई , प्रेमकुमारी कन्दङवा, शर्मिला मगर,राजबहादुर लिम्बु,रुद्र लिम्बु, सुजित राई र गीता मगर चुनिएका छन् ।

यस्तै नगर सल्लाहकारहरुमा इन्द्रमान राई,जीतबहादुर कन्दङवा, जंगबहादुर सिंजाली रहेका पार्टीद्धारा विज्ञप्तीमा उल्लेख छ । पार्टीको संयुक्त सो अधिबेशनको उद्घाटनमा विभिन्न पार्टी परित्याग गरि आउने २५ जना नवप्रवेशीहरुलाई समेत पार्टीको साधारण सदस्यता  प्रदान गरिएको थियो ।

अधिबेशन पार्टीका संघीय परिषदका उपाध्यक्ष मोहन धिमालको प्रमुख आतिथ्यतामा भएको थियो ।