दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीका अनुसार यहाँ ब्यवसायिक महल अर्थात ठूलो ब्यापारीक भवन बनाउने तयारी अनुसार यहाँ रहेका पुराना घरटहरा भत्काइन लागेको हो ।
विष्णुप्रसाद पोखरेल
दमक/दमक नगरपालिकाको नाममा रहेको दमक ७ स्थित बजार पूर्वमा रहेको ११ कठ्ठा ५ धुर जमिनमा रहेका टहराहरु भत्काउन शुरु गरिएको छ । दमक नगरपालिकाले सूचना जारी गरेर भत्काउन दिएको समयसिमा कटेपछि डोजरले भत्काउन शुरु गरेको हो ।
नगरपालिकाको टोली त्यहाँ पुगेर भत्काउन शुरु गरेपछि त्यहाँ व्यापार ब्यवसाय गर्दै आएका बसोबास गरिरहेकाहरुले बिरोध जनाएकाछन् । उनिहरुले डोजर सहित त्यहाँ पुगेका जनप्रतिनिधिहकरुले घेरेर यो कार्य तत्काल रोक्न दबाब दिएकाछन् ।
ठूलो संख्यामा प्रहरी परिचालित भएको छ । दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीका अनुसार यहाँ ब्यवसायिक महल अर्थात ठूलो ब्यापारीक भवन बनाउने तयारी अनुसार यहाँ रहेका पुराना घरटहरा भत्काइन लागेको हो ।

ति ब्यापारीक भवनमा पसल ब्यवसाय गर्न यहाँ बसोबास गर्ने बासिन्दा एवं ब्यापारीहरुलाइ नै ग्राहयाता दिइने तयारी छ । पुराना टहराहरु भत्काएर नयाँ बनाउन लागिएको भन्दै बिरोध नगर्न उनले आग्रह गरे ।
दमक ७ का वडाध्यक्ष भीम पौड्यालले बारम्बार यहाँ रहेका ब्यवसायी तथा बसेका स्थानीयसंग छलफल भएको जनाउदै पुरानो संरचना भत्काएर मात्र नयाँ बनाउन सकिने भएकाले त्यसै अनुसार गर्न लागिएको बताए ।
स्थानीयले भने यसको चर्को बिरोध गरेकाछन् । सडकमा आएर जनप्रतिनिधिहरु बिरुद्ध नारबाजी गर्नका साथै यसरी डोजर नलगाउन भन्दै आक्रोश पोखेकाछन् । बिहानै देखि यो क्षेत्रमा तनाव रहेको छ ।




