दमक -स्वर सम्राट नारायण गोपालको २६ औ स्मृति दिवस आइतबार यहाँ सुरसुधा संगीतालय दमकले कार्यक्रम गरेको छ । स्मृति दिवसका अवसरमा संगीतालयले गीत संगीत प्रस्तुतसंगै सम्मान कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रममा सांगीतालयले मेची अञ्चलमै सबै भन्दा बढी ९९पटक रक्तदान गरिसकेका दमक –११ निवासी राजकुमार श्रेष्ठलाई दोसल्ला ओढाएर सम्मान गरेको थियो । उनलाई संगीतालयका संरक्षक पून्य प्रसाद उप्रेतीले सम्मान पत्र प्रदानको साथै दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
सो कार्यक्रममा सम्मानित ब्यक्तित्व रक्तदाता श्रेष्ठ, दमक –१५ स्थित हिमज्योति बोडिङ स्कूलकी प्रधानाध्यापक हिरा निरौला, पत्रकार बिष्णु सुब्बा, शिक्षिका इन्दिरा दाहाललगायतले स्व. नारायण गोपालको ब्यक्तित्व माथि चर्चा गर्दै गीत संगीताका सर्व श्रेष्ठ गुरु भएकोमा जोडदिएका थिए । कार्यक्रममा बाल कलाकार सविन ढुङगाना र अन्य कलाकारहरुले गीत संगीत प्रस्तुत गरेका सांगीतालयकी प्रशिक्षक चन्द्रा गड्तौला उप्रेतीले जानकारी दिए ।










