पासाङ ठकुल्ला

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समृद्धि र विकासको लागि कृषिमा आधुनिकीकरणको आवश्यकता रहेको बताएका छन्। 

नेपाल चेम्बर अफ कमर्सको ६७ औं साधारण सभाबाट निर्वाचित पदाधिकारीलाई बधाई दिँदै ओलीले कृषि आधुनिकीकरण र व्यवसायिक बनाउनु पर्ने बताएका हुन्। 

कार्यक्रममा ओलीले कृषि क्षेत्रबाट आर्थिक समृद्धिको ठुलो सम्भावना रहेको दाबी गर्दै चौरी गाईको उदाहरण दिए।

ओलीले भने, ‘लेकाली च्याङ्ग्राको भाउ बेग्लै छ, चौंरी गाईले जडीबुटी चरेको हुन्छ। हामीसँग चौरी धेरै छैन। तर चौरीको दुध अरु भन्दा चार गुणा बढी मुल्य पर्छ। किन भने चौरीले यार्सा गुम्बा मजाले चर्छ।’ नेपालको यस्तै विविधतालाई नेपाली व्यवसायीले पछ्याउन सक्नुपर्ने उनको धारणा थियो।

राष्ट्रसंघले स्रहशताब्दी विकास अन्तर्गत २०३० भित्र गरिबी उन्मुलन गर्ने, सबैका लागि समावेशी शिक्षा, स्वास्थ्य, वातावरणीय समस्या निराकरणलगायत १७ वटा लक्ष्य तय गरेको विषय उल्लेख गर्दै ओलीको अब यो काम पुरा गर्न १३ वर्ष मात्र बाँकी रहेको बताए। 
यी लक्ष्य पुरा गर्न उत्पादनमुलक काम गर्नुपर्ने उनको सुझाव थियो।

ओलीले भने, ‘गरिबी निवारणका लागि उत्पादनमुलक काममा ध्यान दिनुपर्यो। समावेशितालाई ध्यान दिनुपर्यो। ताकि हरेकले छोराछोरी पढाउन सकोस हरेकले स्वस्थ रहन र उपचारको सुविधा लिन सकोस।’ 

देश विकासका लागि ‘छिटो र दिगो’ नारालाई आत्मसात गर्नेपर्ने ओलीको भनाइ रहेको छ।   

यसका लागि बैंकको लगानी कुन क्षेत्रमा गर्नुपर्नेसमेत पहिचान गर्न सक्नपर्ने बताए। उत्पादनमुखी र रोजगारमुलक क्षेत्रमा लगानी बढाउन बैंकलाई ओलीको सुझाव थियो।

लगानी नबढ्नुमा पैसा ‘अन्डर ग्राउन्ड’ भएको उल्लेख गर्दै ओलीले यस्ता ‘मनी लाउन्ड्रिङ’ गरी रोकेका पैसालाई बाहिर आउन दिनुपर्ने बताए।
उनले भने, ‘पैसा धारामा लान दिनुहुन्न। पैसा ढिकीमा लान दिनु हुन्न। वासिङ मेसिनमा हाल्न दिनुहुन्न। निकाल्ने बितिक्कै समाउनु हुन्छ।
यहाँ त मौका नै छैन। मुसो निस्कने दुलोमा यत्रा साँचो थापे जस्तो गरी बसेर। जुन पैसा चै आएर बसेको लुकेको त्यो पैसा बाहिर निस्कनै नदिने ?’

स्रोत नखुलेको पैसा समाउनेलाई मनी लाउन्ड्रिङ भन्नै नमिल्ने ओलीको जिकिर थियो। उनले भने, ‘स्रोत नखुलेको पैसा मात्रै समाउने हो भने मनी लाउन्ड्रिङ त भएन।  खोई कहाँ नेर लाउन्ड्रिङ, साबुन खै, पानी खै ? खोई सरफ ? साबुन पानी सरफ केही पनि छैन अनि हामी लाउन्ड्रिङ भन्छौँ साँचो मात्रै थापेर बस्छौँ।’

लगानीका लागि लोकतान्त्रिक सरकारले अलोकतान्त्रिक काम गरेको ओलीको आरोप थियो। उनले भने, अन्डर ग्राउण्ड मनी सर्फेसमा आउन सकोस्. लुकेको पैसा इन्भेस्टमेन्ट लाग्न सकोस्। आफ्नै पैसा पनि १० लाख निकाल्ल्न नपाउने?  लोकतन्त्रको पर्यायवाची सरकार भएका बेला यो पनि गर्न नपाउने?’

देश विकासका अवैध पैसालाई बजारमा आउन दिनुपर्ने र ती पैसालाई वैध बनाउनुपर्ने उनको भनाइ थियो। यसका लागि सरकारलाई सुझाव दिँदै भने, ‘अन्डर ग्राउन्ड मनीलाई एउटा बटम लाइन बनाएर त्यसको लिगालाइजेसन गर्नुपर्छ। सरकारले त्यस बापत कर लिने।’

ती पैसा सदुपयोग गर्न नसकेमा क्यासिनोमा जानसक्ने ओलीको चेतावनी थियो। भने ,’क्यासिनोमा रोक तोक हुदैन। कुनै लाउन्ड्रिङ चाहिँदैन।’पहिलोपोष्टबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah