काठमाडौंं । राष्ट्रियसभा सदस्यका लागि आागमी माघ २४ गते हुन लागेको निर्वाचनमा ५६ मध्ये २४ जना सदस्य निर्विरोध निर्वाचित भएका छन् । भने अब बाँकी ३२ जनाका लागि निर्वाचन हुने र तीन जना मन्त्रिपरिषदले नियुक्त गर्ने छ ।

२ नम्बर प्रदेशमा सबै ८ जना निर्विरोध निर्वाचित भइसकेका छन् । साथै प्रदेश नम्बर १ मा पनि ८ मध्ये ६ जना निर्विरोध निर्वाचत भइसकेका छन् ।

निर्वाचन आयोगले माघ २४ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरेको छ ।

सोमबार आयोगले निर्वाचनमा प्रतिस्पर्धा गर्ने पचासभन्दा बढी उम्मेद्वारहरुलाई निर्वाचन चिह्न प्रदान गरेको हो । निर्वाचन चिह्न पाएसँगै उम्मेदवारहरूबाट निर्वाचन प्रचारप्रसार सुरु भएको छ ।

निर्वाचन कार्यतालिका अनुसार आयोगले सोमबार दिउँसो २ बजेसम्म उम्मेदवारहरूलाई आफ्नो मनोनयनपत्र फिर्ता लिनका लागि समय प्रदान गरेको थियो ।

अब सातवटै प्रदेशमा ३२ पदका लागि ५२ जना उम्मेदवार प्रतिस्पर्धामा रहनेछन् ।

प्रदेश नम्बर १ मा महिला ३ र अन्य ३ गरी ६ जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् भने सो प्रदेशमा अब दलित १ र अपाङ्गता भएका वा अल्पसङ्ख्यक १ पद गरी जम्मा २ पदका लागि बढी मतीय आधारमा निर्वाचन हुने भएको छ । प्रदेश नम्बर २ मा ८ वटै पदका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् ।

प्रदेश नम्बर ३ मा ८ वटै पदमा मतदान हुनेछ भने प्रदेश नम्बर ४ मा अपाङ्गता भएका वा अल्पसङ्ख्यक १ पदमा उम्मेदवार निर्विरोध निर्वाचित भएकाले अन्य पदमा निर्वाचन हुनेछ । प्राप्त विवरण अनुसार, प्रदेश नम्बर ५ मा महिला ३ पदमा उम्मेदवारहरू निर्विरोध निर्वाचित भएका छन् भने अन्य ३, दलित १ र अपाङ्गता भएका वा अल्पसङ्ख्यक १ गरी जम्मा ५ पदमा निर्वाचन हुने भएको छ ।

त्यस्तै, प्रदेश नम्बर ६ मा सबै पदमा निर्वाचन हुँदैछ भने प्रदेश नम्बर ७ मा महिला ३ र अन्य ३ गरी ६ पदमा उम्मेदवारहरू निर्विरोध भएका छन् । सो प्रदेशमा अब दलित १ र अपाङ्गता भएका वा अल्पसङ्ख्यक १ गरी जम्मा २ पदमा निर्वाचन हुने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah