चुलाचुली÷ इलामको चुलाचुली –७ स्थित आइतबारेमा रहेको चुलाचुली अंग्रेजी बोर्डिङ स्कुलले आइतबार अभिभावक दिवस मनाएको छ । स्कुलमा एक कार्यक्रम गरि खेलकुद, नृत्य ,नाटक,चित्रकला प्रस्तुत गर्नुका साथै उत्कृष्ठ विद्यार्थीका अभिभावकहरुलाई पुरस्कृत गरिएको थियो । विद्यालय निरीक्षक सुर्य न्यौपानेको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा विद्यालयमा नियमीत आउने विद्यार्थीका ११ जना अभिभावकहरुलाई पुरस्कृत गरिएको थियो । त्यस्तै, विद्यालयको पढाईमा उत्कृष्ठ हुने विद्यार्थी, अनुशासीत विद्यार्थीका अभिभावकहरुलाई समेत पुरस्कृत गरिएको स्कुलका सहायक प्रिन्सीपल बासुदेव गुरागाईले जानकारी दिए । विद्यालयक संस्थापक पदम सापकोटाको अध्यक्षतामा भएको सो कार्यक्रममा बालज्योति माविका अध्यक्ष सेतुप्रकाश राई, किरात चोलुङ आधारभूत स्कुलका अध्यक्ष सुरेन्द्र कटुवाल, श्रीअन्तु स्कुलका लोकनाथ पौडेल, भानु माविका रघुनाथ मिश्रलगायतको उपस्थिती रहेको थियो ।
चुलाचुली बोर्डिङको अभिभवक दिवस

सवाल नेपालसंवाददाताआइतबार, १७ मङ्सिर २०७३

चुलाचुली बोर्डिङको अभिभवक दिवस
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण

यो पनि पढ्नुहोस् »
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने
बुधबार, १३ जेठ २०८३
निजी अस्पतालमा १६ गतेदेखि बीमाले आकस्मिक बाहेकमा काम नगर्ने
बुधबार, १३ जेठ २०८३


