चुलाचुली÷ इलामको चुलाचुली –७ स्थित आइतबारेमा रहेको चुलाचुली अंग्रेजी बोर्डिङ स्कुलले आइतबार अभिभावक दिवस मनाएको छ । स्कुलमा एक कार्यक्रम गरि खेलकुद, नृत्य ,नाटक,चित्रकला प्रस्तुत गर्नुका साथै उत्कृष्ठ विद्यार्थीका अभिभावकहरुलाई पुरस्कृत गरिएको थियो । विद्यालय निरीक्षक सुर्य न्यौपानेको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा विद्यालयमा नियमीत आउने विद्यार्थीका ११ जना अभिभावकहरुलाई पुरस्कृत गरिएको थियो । त्यस्तै, विद्यालयको पढाईमा उत्कृष्ठ हुने विद्यार्थी, अनुशासीत विद्यार्थीका अभिभावकहरुलाई समेत पुरस्कृत गरिएको स्कुलका सहायक प्रिन्सीपल बासुदेव गुरागाईले जानकारी दिए ।
विद्यालयक संस्थापक पदम सापकोटाको अध्यक्षतामा भएको सो कार्यक्रममा बालज्योति माविका अध्यक्ष सेतुप्रकाश राई, किरात चोलुङ आधारभूत स्कुलका अध्यक्ष सुरेन्द्र कटुवाल, श्रीअन्तु स्कुलका लोकनाथ पौडेल, भानु माविका रघुनाथ मिश्रलगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर