दमक÷ दमक– १ मा नेकपा माओवादी केन्द्र निकट दलित मुक्ति मोर्चाले वडा कमिटी गठन गरेको छ । आइतबार सम्पन्न वडा भेलाले सुर्य विश्वकर्माको अध्यक्षतामा १४ सदस्यीय मोर्चाको वार्ड कमिटी गठन गरेको हो । कमिटीको उपाध्यक्षमा ओम बिक , सचिवमा नारायण बिक , सहसचिवमा अन्जु मोते , कोषाध्यक्षमा मन्जु मोते चुनिएका छन् । त्यस्तै सदस्यहरुमा उमेश सिलवाल , अरुण लाम्गादे , रविमाया लाखे लगायत रहेको मोर्चाको नगर सचिव ललित लोहारले जानकारी दिए ।