विष्णुप्रसाद पोखरेल बिराटनगर/ एमालेका लोकप्रीय नेता एवं पूर्व मन्त्री लालबाबु पंण्डित केहि दिन यता अस्वस्थ रहेकाछन् । उनको घाँटीमा समस्या भएको छ ।

तीन दिनदेखि घरमा नै आराम गरेर बसेका पंण्डितले डाक्टरले केहि दिन आराम गर्न सल्लाह दिएको र केहि दिन नबोल्न भनेको जनाए । आज आफूले बिस्तारै बोल्न शुरु गरेको जनाउदै अहिले पनि घाँटी दुखिरहेको बताए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड
https://www.youtube.com/watch?v=5G0SJ6XgYjg&feature=youtu.be

स्वास्थ्यकर्मीको सल्लाह बमोजिम अब केहि दिन आराम गर्ने उनले जनाए । आर्युबेदिक औषधि सेवन गरिरहेको र केहि ठिक बन्दै गएको उनको भनाइ रहेको छ ।

यसैबीच बिराटनगरस्थित घरमा नै आराम गर्दै आएका पंण्डितलाइ आज दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली, लायन्स क्लव अफ माउण्ट एभरेष्टका अध्यक्ष रुद्र गौतम, मनोज अग्रवाल, बुद्धिशेखर भट्टराइ सहितको टोलीले भेटेर स्वास्थ्य लाभको कामना गरेको छ ।

https://www.youtube.com/watch?v=5G0SJ6XgYjg&feature=youtu.be