प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराई मंगलबार एउटा कार्यक्रममा उपस्थित हुँदा मञ्चमा सँगै भए । प्रधानमन्त्रीसँग हार मिलाएर बसेको बेला नेता भट्टराईले छोटो कुराकानी र हाँसो ठट्टा गर्न भ्याए।
भट्टराईले देउवालाई अर्को महिना प्रधानमन्त्रीबाट हटेपछि फुर्सद हुने भयो, के गरेर समय बिताउनुहुन्छ भनेर सोध्दा देउवाले आराम गर्छु भनेर जवाफ दिए । त्यसपछि भट्टराईले उनलाई किताब लेख्ने सल्लाह दिए।
देशदेखि विदेशसम्म, राजादेखि अरु पार्टीसँग, अनि आफ्नै पार्टीका अरु नेताहरुसँगको सम्बन्धबारेका अनुभव अरुका लागि पनि कामलाग्दा हुने भन्दै भट्टराईले यस्तो किताब धेरै बिक्ने र पैसा पनि आउने कुरा सुनाए। देउवाले यो प्रस्ताव मन पराएको र घरमा खाना खाने निम्तो सहित थप कुरा गर्ने जवाफ दिएको नेता भट्टराईले फेसबुकमार्फत जानकारी गराएका छन् ।




