दमक/ग्यास विक्रेता संघ झापाको पाँचौ वार्षिक उत्सव तथा दोश्रो अधिवेशनले टेकबहादुर थापाको अध्यक्षतामा १३ सदस्यी नयाँ कार्य समिति गठन गरेको छ ।

आज झापाको दमकमा भएको अधिवेशनले समितिको उपाध्यक्षमा लक्ष्मी ओलि, सचिवमा गंगा ढकाल , उपसचिवमा गुरु अधिकारी र कोषाध्यक्ष चन्द्र महतरालाई सर्वसम्बत चयन गरेको हो । यस्तै संघले तीन जनालाई सम्मान समेत गरेको छ । ग्याँस विक्रेताहरुलाई संगठित गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै दमकका पुराना ग्यास व्यवसायी इन्द्रप्रसाद पाठकलाई तथा सामाजिक रुपमा विशेष योगदान पु¥याउदै आएका दुई संस्थाहरु दमक–९ को रत्न जेष्ठ नागरिक बृद्धाश्रम र विर्तामोड–६ स्थित परोपकार अनुसन्धान केन्द्रद्वारा सञ्चालित वृद्धश्रमलाई सम्मान गरेको हो । संघको अधिवेशनमा ग्यास विक्रेताहरुलाई कर तिर्दा भोग्नुपरेका समस्याहरुकाबारेमा कर दाता सेवा कार्यालय दमककी नासु कविता प्याकुरेलले जानकारीमुलक भनाई राखेकी थिइन । अधिवेशनको उद्घाटन शत्र संघका निवर्तमान अध्यक्ष टेकबहादुर थापाको अध्यक्षता तथा इलाका प्रशासन कार्यालयका निमित्त प्रमुख सुरेन्द्र बहादुर थापाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय