दमक,१९ मंसीर÷ दमक–१ स्थित चुलाचुली अंग्रेजी सेकेण्डरी बोर्डिङ स्कुलमा आज अन्तरसदनात्मक बास्केटबल प्रतियोगिता आयोजना गरिएको छ । स्कुलको प्राङगणमा सम्पन्न प्रतियोगितामा छात्र–छात्रावीच बास्केटबल प्रतियोगिता सम्पन्न भएको थियो । प्रतियोगितामा छात्रा तर्फ रोजिना घिमीरे सदन र छात्र तर्फ नितेश अग्रवालको सदन विजयी भएको थियो । छात्रा तर्फ रोजना सदनले प्रिजा राई सदनलाई हराएको थियो । सो खेलमा उत्कृष्ठ खेलाडी र स्कोररको उपाधि श्रद्धा मगरले पाएकी थिईन् । यस्तै छात्र तर्फको विजेता सदनले एलिशा एलिशा सदनलाई पराजित गरेको थियो । छात्रको खेलमा सुमीन चेम्जोङ उत्कृष्ठ र पाल्डेन तामाङ उत्कृष्ठ स्कोरर घोषित भएका खेल शिक्षक विनोद भण्डारीले जानकारी दिनुभयो । गत शुक्रवारदेखि शुरु भएको उक्त सदनात्मक प्रतियोगितामा स्कुलका एक दर्जन सदनको सहभागीता रहेको थियो । प्रतियोगिताका विजेता टिम तथा खेलाडीहरुलाई स्कुलका प्रिन्सीपल चन्द्रप्रकाश राईले पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
चुलाचुली बोर्डिङमा बाँस्केटबल
सवाल नेपालसंवाददातासोमबार, १८ मङ्सिर २०७३

चुलाचुली बोर्डिङमा बाँस्केटबल
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण

यो पनि पढ्नुहोस् »
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने
बुधबार, १३ जेठ २०८३
निजी अस्पतालमा १६ गतेदेखि बीमाले आकस्मिक बाहेकमा काम नगर्ने
बुधबार, १३ जेठ २०८३



