विष्णुप्रसाद पोखरेल
दमक । नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाले सर्प दंश उपचार सेवालाइ सर्प दंश उपचार तथा अध्ययन केन्द्रको रुपमा सञ्चालन गर्ने र स्थानीयलाइ सरल रुपमा सेवा प्रदान गर्नका लागि सामुदायिक अस्पताल सञ्चालन गर्ने भएको छ । शनिबार भएको २५ औ साधरणसभाले यस्तो निर्णय गरेको हो ।

उपशाखाका सभापति लिला गुरागाइका अनुसार २०५५ साल जेठ देखि यहाँ सर्पदंश उपचार सेवा शुरु भएको हो । अहिले सुबिधा सम्पन्न भवन सहित सर्पदश उपचार सेवासंगै अनुसन्धान केन्द्रको रुपमा यसलाइ बिकास गर्न शुरु गरिसकिएको छ । यसैको प्रयास अनुसार गतबर्ष देखि सर्प संग्राहलय समेत सञ्चालनमा ल्याइएको छ ।

रेडक्रसको भवनमा रहेको सर्प संग्राहलयमा अहिले पनि बिभिन्न प्रकारका तराइमा पाइने सर्पहरु राखिएकाछन् । सर्पको बिषयमा अध्ययन गर्न देश तथा बिदेशबाट समेत बिशेषज्ञ र बिद्यार्थीहरु आउने गरेकाले आफूहरुले बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानसंग सहकार्य गरेर सर्पदंशको उपचारमात्र नभएर अनुसन्धान केन्द्रको रुपमा नै बिकास गर्नका लागि खोजिएको हो ।

गत साउन देखि असार मसान्तसम्ममा सर्पदंशका १ हजार १ सय ७९ जना सर्पदंशका बिरामीले यहाँबाट उपचार सेवा पाएका थिए । साउन र भदौ महिनामा सबैभन्दा बढि सर्पदंशका बिरामी यहाँ आउने गरेको पाइएको छ ।

नेपालमा नै पहिलो पटक यहाँको सर्पदंश उपचार सेवाले मोटरसाइकल एम्बुलेन्सको समेत व्यवस्था गरेको छ । सर्पदंशका बिरामी ल्याउने तालिम प्राप्त तथा रेडक्रसले परिचयपत्र प्रदान गरेका मोटरसाइकल तथा चालकलाइ रेडक्रसले इन्धन खर्च उपलब्ध गराउने गरेको हो ।

रेडक्रसले यसै बर्षबाट सामुदायिक अस्पताल समेत सञ्चालनमा ल्याउने साधरणसभामा बताईएको छ । यसका लागि दर्ता प्रक्रिया र आवश्यक सबै बिधि अपनाइ सकिएको जनाउदै बजेट समेत छुटाइएको गुरागाइले जानकारी दिनु भयो ।

२५ शैयाको सामुदायिक अस्पताल सञ्चालनका लागि रेडक्रसले गत बर्षको १५ लाख र अहिले यो बर्ष ४३ लाख गरेर जम्मा ५८ लाख बजेट छुट्याएको दमक रेडक्रसकी कोषाध्यक्ष गिता अधिकारीले बताएकीछन्  ।

साधरणसभामा बोल्दै दमक नगर प्रमुख रोमनाथ ओलीले नेपालकै नमुनाको रुपमा रहेको सर्पदश उपचार सेवा र सर्प संग्राहलयपछि अनुसन्धान केन्द्रको रुपमा यसलाइ बिकास गर्ने प्रयासमा नगरपालिकाको पनि साथ रहने बताउनु भयो । उहाँले विश्वका अध्ययनकर्ताहरु दमक आउनु गर्व हुने जनाउदै यसमा नगरपालिकाले पनि सकेको सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो ।

उहाँले रेडक्रसले सामुदायिक अस्पतालको अवधारणा ल्याएर सञ्चालन गर्न लागेको भन्दै सर्वसुलभ रुपमा नागरिकको स्वास्थ्य पाउने अधिकार यसले पुरा गर्नेमा आशाबादी रहेको बताउनु भयो ।

इलाम, पाँचथर र झापाको केन्द्रबिन्दुको रुपमा बिकास हुदै गएको दमक र आसपासको क्षेत्रमा एउटा पनि सामुदायिक अस्पतालहरु रहेका छैन्न ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah