कुल क्यालोरीको ५५ देखि ६५ प्रतिशत कार्वोहाइड्रेटयुक्त खानेकुराबाट प्राप्त गर्नुपर्छ । कार्वोहाइड्रेट जटिल किसिमका खाद्यपदार्थबाट प्राप्त भएमा राम्रो मानिन्छ । कुल क्यालोरीको करिव १५ देखि २० प्रतिशत क्यालोरी प्रोटिनयुक्त खानेकुराबाट प्राप्त गर्नुपर्छ ।

चिल्लो कम गर्नका लागि कम चिल्लोयुक्त दूध, बोसो नभएको सेतो मासु, अण्डाको सेतो भाग आदिलाई खानामा समावेश गर्न सकिन्छ । मुटुरोग लाग्न नदिन कुल क्यालोरीको १० प्रतिशत मात्र चिल्लो पदार्थ भएको खाना खानुपर्छ । मुटु रोगको जोखिम छ भने कुल क्यालोरीको १० प्रतिशत मात्र चिल्लो पदार्थ भएको खाना खानुपर्छ ।

एक ग्राम तेलबाट ९ क्यालोरी शक्ति पाइने भएकाले तौल बढ्ने संभावना भएकाले कम मात्रामा तेलको प्रयोग गर्नुपर्छ । तसर्र्थ कम तेलमा पकाउने विधिहरू वफाउने, उसिन्ने पनि प्रयोग गर्नुपर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय