ओली–प्रचण्ड लगातार छलफल

एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकतालाई निर्णायक दिशा दिने गरी लगातार छलफल केन्द्रित गरेका छन् । भारतीय विदेशमन्त्री सुष्मा स्वराज दुईदिने भ्रमण पूरा गरी स्वदेश फर्किएलगत्तै ओली र प्रचण्डबीच शुक्रबार र शनिबार दुई दिन लगातार छलफल भएको हो ।

राष्ट्रिय सभा निर्वाचन सकिएलगत्तै वैचारिक–सैद्धान्तिक र संगठनात्मक एकतासम्बन्धी कार्यदल बनाएर एकतालाई ठोस दिशा दिने गरी दुई नेताले अन्तिम गृहकार्य अघि बढाएका हुन् । ‘अब एक चरणजति छलफल भएपछि एकतालाई ठोस दिशा दिने गरी कार्यदल बनाउने सम्भावना छ,’ ।

एमाले केन्द्रीय सचिवालय सचिव प्रदीप ज्ञवालीले भने, ‘राष्ट्रिय सभा निर्वाचनअगाडि उहाँहरूले एकताको क्लियर पिक्चर बनाइसकेपछि लगत्तै पार्टी एकता संयोजन समिति बैठकमार्फत कार्यदललाई थप गृहकार्यका लागि म्यान्डेट दिनुहुनेछ ।’

१८ माघमा ओलीनिवास बालकोटमा बसेको एकता संयोजनको बैठकमा दुवै पार्टीका अध्यक्षले कार्यदल बनाउनुअघि कम्तीमा दुई चरण छलफल आवश्यक देखिएको भन्दै नेताहरूसँग थप समय मागेका थिए । त्यसलगत्तै १९ र २० गते दुवै पार्टीका अध्यक्षले अनौपचारिक छलफल गरेका हुन् । ज्ञवालीले पछिल्लो छलफल सकारात्मक र निर्णायक दिशातर्फ नै अघि बढिरहेको दाबी गरे ।

छलफल, विचार र नेतृत्वमै केन्द्रित
दुवै नेताबीच संगठनात्मक र नीतिगत विषयमा लगातार छलफल चलिरहेको स्रोतले जनाएको छ । सहमति भइसकेका विषयलाई बाहिर ल्याउँदा एकतामा असर पार्ने गरी विभिन्न शक्तिकेन्द्रले खेल्न सक्ने भन्दै उनीहरूले अहिलेसम्म भएका कुनै पनि समझदारीलाई निकटस्थ नेताहरूसँग ‘डिस्क्लोज’ गरेका छैनन् ।

नेतृत्वको सवालमा अध्यक्ष र सहअध्यक्ष, दुवै सहअध्यक्ष या अध्यक्ष रहेर संगठनात्मक एकता सम्पन्न गर्ने मोडालिटी प्रस्तुत भएको बताइए पनि माओवादी केन्द्रले गत असोजमा एकता घोषणाका लागि तयार पारिएको सातबुँदे मस्यौदाको ‘स्पिरिट’को पालना हुनुपर्नेमा जोड दिएको छ ।

पार्टी एकता सम्पन्न भएपछि ओलीले सरकारको र प्रचण्डले पार्टीको नेतृत्व गर्ने गरी मस्यौदा बने पनि ओलीको रुचिमा ‘जेन्टलमेन्ट एग्रिमेन्ट’का रूपमा सो बुँदा हटाइएको दाबी गर्दै माओवादी केन्द्रले पालना हुनुपर्नेमा जोड दिएको हो ।

सोहीअनुसार ओली प्रधानमन्त्री बन्दा आफूले अध्यक्ष बन्न पाउनुपर्ने प्रचण्डले चाहना राखेका छन् । तर, ओलीले भने पार्टीभित्र व्यापक दबाब सिर्जना भइरहेको भन्दै प्रचण्डलाई सहअध्यक्षमा मनाउने प्रयास जारी राखेका छन् । ‘पछिल्लो छलफल सघन र व्यवस्थित छ, राम्रै दिशामै अघि बढिरहेको छ,’ दुवै नेतानिकट स्रोतले भन्यो, ‘टुंगिन गाह्रो परे पनि उहाँहरू उपलब्धिमूलक नै भइरहेको बताइरहनुभएको छ ।’

एकीकृत पार्टीको नाम ‘नेपाल कम्युनिस्ट पार्टी’
दुई अध्यक्षबीच एकीकृत पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी मात्र राख्ने प्रारम्भिक समझदारी भएको छ । सैद्धान्तिक–वैचारिक विषयमा महाधिवेशनअघिसम्म छलफल गर्दै जाने र महाधिवेशनबाट हल गर्ने, तर एकीकृत पार्टीको नाम ‘नेपाल कम्युनिस्ट पार्टी’ राख्ने समझदारी बनेको हो । ‘एकीकृत पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी मात्र राख्ने प्रारम्भिक समझदारी बनिसकेको छ,’ एमाले सचिव ज्ञवालीले भने । ईनया पत्रिका बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah