दमक/जिल्ला समन्वय समितिका संयोजक सोमनाथ पोर्तेलले झापा जिल्लामा अहिले पनि शौचालयमा दिशापिसाव गर्नु पर्छ भनेर चेतना दिनु पर्ने अवस्था रहेको भन्दै यस अवस्थाको चाडै अन्त्य गर्नका लागि सबै एकजुट हुन आग्रह गरेकाछन् ।

जनप्रतिनिधि आएपछि कमल गाँउपालिका खुला दिशामुक्त बनेको जनाएकाछन् । कचनाकवल गाँउपालिका जिल्लामा सबैभन्दा कम शौचालय प्रयोग भएको गाँउपालिका रहेको पाइएको पोर्तेलले जनाए । उनका अनुसार केचनाकवल गाँउपालिकामा अहिले पनि ४ हजार ९४ घरपरिवारले शौचालय प्रयोग भएको छैन । आधाभन्दा केहि बढिले मात्र शौचालय प्रयोग गरेकाछन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बाह्दशी गाँउपालिकामा १ हजार ३१ वटा घरपरिवार शौचालय विहिन रहेको छ । झापा गाँउ पालिकामा ३ हजार ४ वटा घरमा शौचालय रहेको छैन । गौरीगन्जमा ३४ सय २६ घरपरिवारमा शौचालय नरहेको पोर्तेलले जानकारी दिए ।

गौरादहमा ३२ सय ५८ वटा घरधुरीले शौचालय प्रयोग गरेका छैनन् । पोर्तेलले असम्भव भन्ने केहि नहुने जनाउदै चैतको दोश्रो साताभित्रमा झापा जिल्ला खुला शौचालयमुक्त जिल्ला बनाउन सबैलाइ सहयोग गर्न आग्रह गरे । गौरादहमा पनि समस्या रहेको बताइएको छ ।