बरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा राजेन्द्र प्रसाद बरालले नेपालमा ८० प्रतिशत क्यान्सरका बिरामी अन्तिम अवस्थामा मात्रै अस्पताल पुग्ने गरेको बताए। डा बरालले क्यान्सर जटील प्रकृतीको रोग भएपनि समयमै उपचार हुन सके सजिलै निको पार्न सकिने जानकारी दिए।

उनले नेपालमा पुरुषहरुमा सबै भन्दा बढी फोक्सोको क्यान्सर र महिलाहरुमा सबै भन्दा बढी पाठेघरको मुखको क्यान्सरका रोगीहरु भएको बताए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सामान्यतया शरीरकाका विभिन्न अंगहरुमा कोषीकाको अनियन्त्रीतवृद्धी हुनुनै क्यान्सर हुनु हो । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा ८२ लाख व्यक्तीको मृत्यु क्यान्सर रोगबाट मृत्यु हुने गर्दछ भने २ लाख ७० हजार महिलाहरुको मृत्यु पाठेघरको मुखको क्यान्सरका कारणले हुने गर्दछ । क्यान्सर जुनसुकै उमेरका व्यक्तीमा जुनसुकै भागमा पनि हुने गर्दछ । विश्वव्यापी रुपमा १३ प्रतिशत मृत्यु क्यान्सरका कारणले हुने गरेको पाइन्छ ।

डाक्टर बरालका अनुसार शरिरमा क्यान्सर रोग भए/नभएको यसरी पत्ता लगाउन सकिन्छ

१) निको नहुने खोकी लागेमा अथवा घोक्रो स्वर भएमा

२) छालामा भएको कोठीको रङ्ग र आकार परिवर्तन भएमा

३) शरीरको भाग अत्याधिक दुख्न थालेमा वा शरीरमा गिर्खा आएमा

४) उपचार गर्दा पनि शरिरमा लागेको घाउ निको नभएमा वा बल्झीएमा

५) शरिरबाट असाधारण रक्तस्राव वा पिप आएमा

६) दिशा वा पिशावमा गर्ने समयमा फरक आएमा वा गाह्रो भएमा अथाव दिशा पिशाब गर्दा रगत देखिएमा

७) विस्तारै शरिरको वजन घट्दै गएमा वा दुव्लाउदै गएमा

स्वास्थ्यखबर