राष्ट्रिय सभा सदस्यका लागि बुधबार भएको निर्वाचनमा वाम गठबन्धनले दुई तिहाई सिट जितेको छ । कूल ५९ सदस्यमध्ये ५६ सदस्यका लागि भएको निर्वाचनमा एमालेले सबैभन्दा बढी २७ सदस्य जितेको छ ।
त्यसैगरी वाम गठबन्धनमा सहभागी माओवादी केन्द्रले १२ सदस्य जितेको छ । वाम गठबन्धनले कूल ३९ सदस्य जित्न सफल भएको छ । नेपाली कांग्रेस १३ सदस्य जिती दोस्रो हुन सफल भएको छ । कांग्रेसले प्रदेश नम्बर ६ मा निल खाएको छ ।
राष्ट्रिय सभामा राष्ट्रिय दलको मान्यता पाउने पाँच दलको मात्र सहभागिता हुने भएको छ । निर्वाचनमा सहभागी भएका नेमकिपा र राष्ट्रिय जनमोर्चाका कुनै पनि सदस्य जित्न सकेनन् ।
राष्ट्रिय सभामा बाँकी तीन सदस्यमा एक महिलासमेत पर्ने गरी सरकारको सिफारिशमा राष्ट्रपतिले मनोनीत गर्ने प्रावधान छ ।
कुन प्रदेशमा कुन दलले कति सिट जित्यो ? हेर्नुस् विवरण
प्रदेश नम्बर १
(कूल संख्या ८ः एमाले ५, कांग्रेस २, माओवादी केन्द्र १)
निर्वाचित
अपाङ्गता–अल्पसंख्यक अगमप्रसाद बान्तवा राई (एमाले) दलित खेम नेपाली (एमाले)
निर्विरोध निर्वाचित
महिला
विना पोखरेल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) नैनकला ओझा नेपाल कम्युनिष्ट पार्टी (एमाले) सरिता प्रसाई नेपाली काँग्रेस
अन्य
हरीचरण शिवाकोटी नेपाल कम्युनिष्ट पार्टी (एमाले) परशु राम मेघी गुरुङ्ग नेपाल कम्युनिष्ट पार्टी (एमाले) रमेश जंग रायमाझी नेपाली काँग्रेस
प्रदेश नम्बर २
(कूल संख्या ८ः राजपा २, फोरम २, कांग्रेस २, एमाले १, माओवादी केन्द्र १)
निर्विरोध निर्वाचित
महिला
शशिकला दाहाल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) प्रमिला कुमारी संघीय समाजवादी फोरम नेपाल मुक्ता कुमारी यादव नेपाली काँग्रेस
अन्य
रमेश प्रसाद यादव राष्ट्रिय जनता पार्टी नेपाल सुमन राज प्याकुरेल नेपाल कम्युनिष्ट पार्टी (एमाले) जितेन्द्र नारायण देव नेपाली काँग्रेस
अपाङ्गता–अल्पसंख्यक बृषेशचन्द्र लाल राष्ट्रिय जनता पार्टी नेपाल दलित रामपृत पासवान संघीय समाजवादी फोरम नेपाल
प्रदेश नम्बर ३
(कूल संख्या ८ः एमाले ५, कांग्रेस २, माओवादी केन्द्र १)
निर्वाचित महिला
दिलकुमारी रावल थापा एमाले उदया शर्मा एमाले धनकुमारी खतिवडा नेपाली काँग्रेस
अन्य
रामबहादुर थापा ‘बादल’ माओवादी केन्द्र बलराम प्रसाद बास्कोटा एमाले राधेश्याम अधिकारी नेपाली काँग्रेस
अपाङ्गता–अल्पसंख्यक
रामचन्द्र राई एमाले दलित सिंहबहादुर विक एमाले
प्रदेश नम्बर ४ (कूल संख्या ८ः एमाले ३, कांग्रेस ३, माओवादी केन्द्र २)
निर्वाचित महिला
शान्ति कुमारी अधिकारी जिसी एमाले दीपा गुरुङ एमाले बिन्दादेवी आले (राना) नेपाली काँग्रेस
अन्य
दीनानाथ शर्मा माओवादी केन्द्र गणेशप्रसाद तिमिल्सिना एमाले सुरेन्द्रराज पाण्डे नेपाली काँग्रेस
दलित
खिमकुमार विक माओवादी केन्द्र
निर्विरोध निर्वाचित
अपाङ्गता–अल्पसंख्यक
प्रकाश पन्थ नेपाली कांग्रेस
प्रदेश नम्बर ५ (कूल संख्या ८ः एमाले ४, कांग्रेस २, माओवादी केन्द्र २)
निर्वाचित अन्य चन्द्रबहादुर खड्का माओवादी केन्द्र खिमलाल भट्टराई एमाले दुर्गाप्रसाद उपाध्याय नेपाली काँग्रेस
दलित रामलखन चमार एमाले अपाङ्गता–अल्पसङ्ख्यक राजकुमार कुँवर माओवादी केन्द्र
निर्विरोध निर्वाचित महिला कोमल वली एमाले मिना बुढा एमाले अनिता देवकोटा नेपाली काँग्रेस
प्रदेश नम्बर ६ (कूल संख्या ८ः एमाले ५, माओवादी केन्द्र ३)
निर्वाचित
महिला कविता बोगटी एमाले नन्दा शर्मा एमाले युटुल लामा माओवादी केन्द्र
दलित
नरपति लुवार एमाले
अपाङ्गता–अल्पसङ्ख्यक
जीवनबहादुर बुढा माओवादी केन्द्र
अन्य कालीबहादुर मल्ल माओवादी केन्द्र भैरवसुन्दर श्रेष्ठ एमाले ठगेन्द्र प्रकाश पुरी एमाले
प्रदेश नम्बर ७ (कूल संख्या ८ः एमाले ४, माओवादी केन्द्र २, कांग्रेस २)
निर्वाचित दलित चक्रप्रसाद स्नेही एमाले अपाङ्गता–अल्पसङ्ख्यक महेश कुमार महरा माओवादी केन्द्र
निर्विरोध निर्वाचित महिला तारादेवी भट्ट कांग्रेस इन्दु कडरिया एमाले कमलाकुमारी ओली एमाले
अन्य हरिराम चौधरी माओवादी केन्द्र शेरबहादुर कुँवर एमाले बद्री पाण्डे नेपाली काँग्रेस










