काठमाडाैं ।एनसेलका ग्राहकले यस भ्यालेन्टाइन सिजनमा आफ्ना प्रियजनसँग असिमित कुराकानीका साथै निरन्तर भिडियो च्याटको मजालिन सक्ने भएकाछन् । नजिकिदै गरेको प्रणय दिवसको अवसरमा एनसेल प्राईभेट लि.ले आफ्ना ग्राहकका लागि असिमित भ्वाइस प्याक र डेटा प्याक सहितको भ्यालेन्टाइन अफर ल्याएको एनसेलले जनाएको छ ।
एनसेलका अनुसार असिमित भ्वाइस तथा डेटा प्याकको अफर यही बिहिबार (माघ २५) देखि १५ दिनको लागि लागु हुनेछ ।
कम्पनीका अनुसार एनसेलका सबै प्रिपेड तथापोस्टपेड ग्राहकले कर सहितमात्र रु १५ मा असिमित भ्वाइस प्याक लिई विहान ५ बजे देखि बेलुका ५ बजे सम्म एनसेलको नेटवर्क भित्र कुनै पनि नम्बरमा असिमित कुराकानीको मजा लिन सक्नेछन् । ग्राहकले १७११४ डायल गरि प्राप्तजानकारी अनुसार भ्वाइस प्याक सुचारु गर्न सक्नेछन् । त्यसैगरी एसएमएस मार्फत अंग्रेजीमा ‘ए’ टाइप गरी १७११४ मा एसएमएस पठाइ पनि यो प्याक सुचारु गर्न सकिने एनसेलले जनाएको छ । भ्वाइस प्याक सुचारु गरिएको समयबाट २४ घण्टाको लागि मान्य हुनेछ । ग्राहकले आफ्नो आवश्यकताअनुसार योजना अवधिभर हरेक दिन यो प्याक सुचारु गर्न सक्छन् । प्याकको समयावधि सकिएपछि विद्यमान शुल्क लागु हुनेछ ।
साथै, आफ्ना प्रियजनसँग भिडियो च्याट गर्न रुचाउने ग्राहकले यस अफर अन्तर्गत कर सहितमात्र रु २० मा एक घण्टाको लागि निरन्तर डेटा उपलब्ध गराउने असिमित डेटा प्याकलिई आफ्ना प्रियजनसँग निरन्तर भिडियो च्याटको मजा लिन सक्ने पनि एनसेलले जनाएको छ । यो डेटा अफरको लाभ लिन ग्राहकले एस्टिक्«स १७११४ ह्यास् डायल गरी विकल्प नम्बर २ छनौट गरी प्याक सुचारु गर्न सक्छन् । ग्राहकले अंग्रेजीमा ‘यु’ टाइप गरी १७११४ मा एसएमएस पठाएर पनि यो प्याक सुचारु गर्न सक्छन् ।
निरन्तर ईन्टरनेट सुनिश्चितगर्ने यो डेटा प्याक सुचारु भएको समयबाट १ घण्टाको लागिमान्य रहनेछ । ग्राहकले आफ्नो आवश्यकता अनुसार यो प्याक योजना अवधिभर जति पटक पनि लिन सक्छन् ।










