विराटनगर : प्रदेश १ एमाले संसदीय दलको नेतामा शेरधन राई निर्वाचित भएका छन्। एमाले सचिवसमेत रहेका भीम आचार्यलाई पराजित गर्दै पोलिटब्युरो सदस्य राई प्रदेश १ को संसदीय दलको नेता बनेका हुन्। संसदीय दलको नेता बनेसँगै राईको प्रदेश १ को मुख्यमन्त्री बन्ने बाटो खुलेको छ।

प्रदेश नम्बर १ एमाले दलको नेतामा नेता विजयी भएका राईले २६ मत ल्याएका छन् । उनीसँग पराजित एमालेका सचिव तथा प्रदेश नम्बर १ का संयोजक भीम आचार्यले २४ मत ल्याएका छन् । एक मत भने बदर भएको छ ।

यसअघि संसदीय दलको नेतामा दाबी गर्दै आएका नेता जीवन घिमिरेले उम्मेदवारी फिर्ता लिएपछि दुई नेताबीच भिडन्त हुने भएको हो । जसमा राईले बाजी मारे । संसदीय दलको नेताका लागि राईको उम्मेदवारीमा प्रस्तावक/समर्थकमा सुनसरीका जगदीश कुसियत र झापाका हिक्मत कार्की रहेका थिए ।

आचार्यको समर्थक र प्रस्तावकमा गणेश काङवाङ (पाँचथर) र तुलसी न्यौपाने (संखुवासभा) रहेका थिए । राई भोजपुर ‘ख’ बाट प्रदेश सभामा विजयी भएका हुन् भने आचार्य सुनसरी १ ‘ख’ बाट विजयी भएका थिए । विजयी राई एमाले अध्यक्ष ओलीनिकट हुन् भने पराजित आचार्य वरिष्ठ नेता झलना खनाल र माधव नेपालनिकट हुन् ।

को हुन् शेरधन
रधन राई भोज १ ख बाट नेकपा एमालेका प्रदेशसभा सदस्य निर्वाचित सदस्य हुन्। उनी बुबा जागिरमान राई तथा आमा राम्रीमाया राईको कोखबाट २०२७ साल फागनु ११ गते भोजपुरमा जन्मिएका हुन्।

समाजशास्त्रमा स्नातकोत्तर गरेका राई २०४४ सालमा राजनीतिक क्षेत्रमा प्रवेश गरेका हुन्। तीन वर्ष भूमिगत जीवन बिताएका राई हाल नेकपा एमाले वैकल्पिक पोलिटव्युरो सदस्य हुन्।

-अन्नपूर्ण पोस्ट बाट 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah