व्याङडाडा, २६ माघ–झापाको शिबसताक्षी नगरपालिकाले नगर स्तरीय दुईवटा क्षेत्रगत नगर विकास समिति गठन गरेको छ । नगरपालिकाको कार्यालय व्याङडाडामा नगर प्रमुख चन्द्रकुमार शेर्माको अध्यक्षतामा बसेको बैठकले नगर खेलकुद विकास र कृर्षि विकास समिति गठन गरेको हो ।

गठन भएको खेलकुद समितिको संयोजकमा शिबसताक्षी–११ झिलझिलेका फुर्वा (प्रदिपकुमार गोले) तामाङ चुनिएका छन् । फुर्वाको संंयोजकत्वमा ११ सदस्सीय नगर खेलकुद विकास समिति गठन भएको छ । झापाली फुटबल क्षेत्रमा स्थापित पूर्व खेलाडी फूर्वा तामाङ हाल सतासीधाम स्पोटिङ कल्बका उपाध्यक्ष हुन् । नेकपा एमाले सम्बद्ध युवा संघ नेपाल शिबसताक्षी नगर सदस्य रहेको फुर्वा व्यबसायीक रुपमा झिलझिलेमा फिटनेश (जिम हाउस) संचालन गरिरहेका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

त्यस्तै, समितिको सदस्यमा तुलशी दाहाल (शिबसताक्षी–१), दिलिप राई (शिबसताक्षी–३), दिपक भेटुवाल (शिबसताक्षी–६), प्रेम फुयँल (शिबसताक्षी–४), अरुण चेम्जोङ (शिबसताक्षी–२), बुद्धिराज लम्सम (शिबसताक्षी–७), हिमा कार्की (शिबसताक्षी–११), लक्ष्मण अधिकारी (शिबसताक्षी–१०), सन्तोस पौडेल (शिबसताक्षी–४) छन् । सो समितिको सदस्य सचिवमा शिबसताक्षी नगरपालिकाका प्रशासन प्रमुख डिल्लि नेपाल छन् ।

सोहि, बैठकले नगर कृषि विकास समिति गठन गरेको छ । समितिको संयोजकमा शिबसताक्षी–२ मंगलबारेका बलजित राई छन् । संयोजक राई साविक धरमपुर गाविसका निर्वाचित अध्यक्ष (जनप्रतिनिधि) हुन् । उनी धरमपुर नगदे बाली कृषि सहकारी संस्था धरमपुरका संस्थापक अध्यक्षको जिम्मेवारी सम्हालिरहेका छन् ।

सो समितिको सदस्यहरुमा शिबसताक्षी–४ का कलम लामिछाने, वडा नं १० का उमानाथ पराजुली, वडा नं ७ का कमल कार्की, वडाँ नं ६ का मिना चापागाई, वडा नं ४ का विष्णु प्रसाई, वडा नं ९ का तीलप्रसाद कटुवाल, वडा नं ३ का नबिन लामा, वडा नं ५ का देवानन्द शाह रहेका छन् । सो समितिको सदस्य सचिवमा नगर कृषि विकास कार्यालयका प्रमुख खिलबहादुर श्रेष्ठ छन् । ११ सदस्सीय रहने कृषि विकास समितिमा रिक्त रहेको १ जना सदस्य अर्को बैठकले पुर्ति गर्ने प्रशासन प्रमुख डिल्लि नेपालले जानकारी दिए ।