मोरङ, माघ २६ – मोरङको विराटनगर महानगरपालिका १७ स्थित रघुपति जुटमिलमा आगलागी भएको छ ।
मिलको मेसिन तातिएर आगलागी भएको प्रहरीले जनाएको छ । मेसिन तताउने क्रममा शुक्रवार दिउँसो १ बजेतिर आगलागी भएको हो ।
आगलागीबाट करिब दश टन जुट जलेको छ । आगो इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी र मिलका कामदारको सहयोगमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । आगलागीबाट करिब दश लाख बराबरको क्षति भएको अनुमान गरिएको छ।



