सुनसरी । प्रदेश नं. १ मा नेपाली काँग्रेसबाट संसदीय दलको नेताका लागि तीन जना आकांक्षीबीच प्रतिस्पर्धा हुने भएको छ । प्रमुख प्रतिपक्ष दल काँग्रेसबाट संसदीय दलको नेताका लागि सुनसरीका राजीव कोइराला, मोरङका केदार कार्की र उदयपुरका हिमाल कार्कीबीच प्रतिस्पर्धा हुने भएको हो । तीनै जनाका लागि सहज स्थिती छैन् । दलको नेता चयन गर्न फागुन पहिलो साता पुग्ने जनाइएको छ। यसका लागि प्रतिनिधीसभाका सांसद तथा केन्द्रीय सदस्य मिनेन्द्र रिजाललाई पार्टीले खटाएको छ । अहिले उनीहरु संसदीय नेता बन्न दौडथुपमा छन । तिन मध्ये केदार कार्की र राजीव कोईराला बलियो प्रतिष्प्रर्धी हुन । संसदीय दलका लागि प्रतिस्पर्धी सुनसरीका कोइराला २०३५ सालदेखि नेपाल विद्यार्थी संघको सदस्यबाट राजनीति थालेर जिल्लाको दुई कार्यकाल सचिव, छोटो समयका लागि उपसभापति हुदैं दुई कार्यकाल सभापति भएका हुन् । राजीवका पक्षमा धेरै नेताहरुले समेत लविङ गरीरहेको कारण राजीव पनि वलिायो प्रतिष्प्रर्धीको रुपमा देखिएका छन । मोरङका कार्की नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्य भइसकेका र लामो समयदेखि काँग्रेसको महाधिवेसन प्रतिनिधी भएका निडर तथा हक्की स्वभावका छन् । हिमालले पनि नेपाल विद्यार्थी संघबाटै राजनीति थालेर पार्टीको जिल्ला सचिब, महाधिवेसन प्रतिनिधी हुदैं पार्टीको उदयपुरको पूर्व जिल्ला सभापति भई सक्रियपूर्वक राजनीति गदैं आएका छन् । आकांक्षी तिनै जनाबीच तिब्र प्रतिस्पर्धा हुने देखिएको छ। देशभरीमै प्रतिनिधीसभा र प्रदेशसभामा सुनसरीमा उत्कृष्ट नतिजा ल्याउनुको साथै पार्टीमा पु¥याएको योगदानका हिसावले आफूलाई सर्वसहमत छाडनुपर्ने कोइरालाको तर्क छ । ‘हामी तीन जना आकांक्षी एक ठाउँ बसेर कुराकानी गर्ने मौका त पाएका छैनौ तर हरेक हिसावले मैले पाउनुपर्ने दावा गदैै आएको छु,’ कोइरालाले भने । उत्ता, केदारले भने बलियो प्रतिपक्षको भूमिका निर्वाह गर्ने नेता एग्रेसिप र डाइनामिक दुवै हुनु पर्ने भएकाले त्यो गुण आफूसँग भएको बताए । ‘पार्टीका पनि मेरो लामो योगदान छ र देशैभरबाट युवाले नेतृत्व गर्नुपर्छ भन्ने लहर चलेकाले गर्दा पनि सर्वसहमत मलाई स्वीकार गरे ठीक छ नत्र चुनाबी प्रतिस्पर्धामा जाने निश्चित छ,’ केदारले भने । उदयपुरका हिमालले सकेसम्म सहमति गर्ने बताए । सहमित गर्दा सिनियर, योग्यता र योगदानका आधारमा गरिने हिमालले बताए । ‘अहिलेसम्म तीन जना आकांक्षीबीच कुराकानी भएको छैन, अब सिरियस कुरा गर्नेछौ,’ उनले भने । काँग्रेसको प्रदेश नं. १ मा २१ जना सभासद छन् । संसदीय दलका नेताका लागी काग्रेस भित्र यी तिन नेताहरुको दौडधुप समेत बढेको छ ।ब्लाष्टबाट
काँग्रेसबाट प्रदेश १ मा संसदीय दलको नेता बन्न तीन जनाको दौडधुप, को बलियो ?

सवाल नेपालसंवाददाताशनिबार, २६ माघ २०७४

काँग्रेसबाट प्रदेश १ मा संसदीय दलको नेता बन्न तीन जनाको दौडधुप, को बलियो ?
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
दमकका शैक्षिक परामर्श ब्यवसायीहरु सडकमा

यो पनि पढ्नुहोस् »
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

दमकका शैक्षिक परामर्श ब्यवसायीहरु सडकमा
शुक्रबार, १ साउन २०८३
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
इङ्ग्ल्यान्ड भर्सेस अर्जेन्टिना: कसले मार्ला बाजी? यस्तो छ इतिहास
बुधबार, ३१ असार २०८३
विभिन्न कार्यक्रमका साथ गणतन्त्र दिवस मनाइँदै
शुक्रबार, १५ जेठ २०८३
आज गणतन्त्र दिवस, टुँडिखेलमा हुने समारोहमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने
शुक्रबार, १५ जेठ २०८३


