कैलाली, २७ माघ – कैलाली निर्वाचन क्षेत्र नं. ५ दुई कारणले कांग्रेसको बलियो आधार ईलाका मानिन्थ्यो । स्थानीय तह निर्वाचनसहित धेरै निर्वाचनहरुमा कांग्रेस उम्मेदवारहरु नै जित्नुले यो क्षेत्रलाई काँग्रेसको गढ मानिन्थ्यो । तर सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमालेका उम्मेदवार नारदमुनि रानाले कांग्रेसको गढ नराम्रोसँग भत्काई दिए ।

२७ हजार दुई सय दुई मत ल्याएका रानाले आफ्नो निकटतम प्रतिद्वन्द्वी डा. आरजु राणा देउवालाई चार हजार आठ सय ८० को फराकिलो मतान्तरले पराजित गरे । जुनकारण राष्ट्रिय राजनीतिमा नचिनिएका राना एकाएक सबैको ध्यान तान्न सफल भए ।

निर्वाचित रानाका लागि अवसर र चुनौतिको चाङ आइलागेको छ । हेविवेटको छवि बनाएकी आरजु राणालाई जितेर उनले अवसरको ढोका खोलेका छन् । तर, जनअपेक्षा उनका लागि सँगै चुनौति बनेको छ । उनी शैक्षिक, सामाजिक, राजनीतिकलगायत क्षेत्रमा निकै पछाडी परेको आदिवासी रानाथारु समुदायबाट यहाँसम्म आइपुगेका छन् । त्यो पनि गरिब किसानको छोराको हैसियतले उनीबाट यहाँका स्थानीयहरु ठूलो आश गरेर नै निर्वाचित गराएका छन् ।

थारु, रानाथारु समुदायमा सिकलसेल एनिमिया रोग देखिदै आएको छ । वंशाणुगत गुणको आधारमा एक पुस्ताबाट अर्को पुस्तामा सर्दै आएको उक्त रोगलाई बंशनाशक रोगको रुपमा लिइएको छ । उक्त रोग निदानको लागि राज्य जनस्वास्थ्य समस्याको रुपमा लिई सम्बोधन गर्नुपर्ने आपेक्षा यहाँका स्थानीयहरुले रहेको छ ।

निर्वाचनको अवधीमा उनको पार्टी एवं वामगठबन्धन र उनी जसरी विभिन्न विकासे योजना तथा एजेण्डासहित होमिएका थिए । हाल तिनै विकासे एजेण्डालाई मुर्त रुप दिन उनलाई हम्मे–हम्मे भएको छ । तर ती सबै योजनाहरु पाँच वर्षकै अवधीमा सम्बोधन गरी सक्ने उनको अठोट छ । योजनाहरुलाई दिर्घकालीन र अल्पकालीनको आधारमा वर्गीकरण गरी सम्बोधन गर्ने उनको कार्ययोजना रहेको छ ।

सांसद रानाको प्राथमिकतामा परेका योजना

१. रानाथारुलाई सुचीकरण गर्ने : अलग्गै भाषा, संस्कृति, रहनसहन रहेको रानाथारु समुदायको कैलाली र कञ्चनपुर जिल्लामा बसोबास रहदै आएको छ । थारु समुदाय संग मिल्दोजुल्दो रहनसहनकै कारण हालसम्म थारु समुदायको कित्तामा रानाथारुलाई राखिदै आएको छ । तर आफुहरु अलग्गै जातिय समुदाय भएको भन्दै वर्षौदेखि आदिवासी जनजातिको सुचीमा समावेशको माग उनीहरुले गर्दै आएका छन् ।

हालको आमनिर्वाचनमा सुचीकरणको मुद्धा जोड्दार रुपमा उठ्यो । सांसद रानाले सुचीकरणबाट वञ्चित रानाथारु समुदायलाई सुचीकरण गर्ने आफ्नो प्राथमिकताको योजना रहेको बताउँछन् । उनले सरकार गठन संगै सुचीकरणको प्रक्रियालाई अगाडी बढाई क्याबिनेटबाट पास गराउने उनको कार्ययोजना छ ।

२. गौरीफन्टा नाकाको स्तरोन्नती : यस क्षेत्रमा वर्षौदेखि गौरीफन्टा नाकालाई स्तरोन्नतीको सवाललाई विभिन्न राजनीतिक दल तथा नेताहरुको चुनावी एजेण्डा बन्दै आएको छ । चाहे बामगठबन्धनका नेता हुन् चाहे

काँग्रसका नेता, सबैले गौरीफन्टाको सवाल भजाएकै हुन् । आरजु राणा देउवा, नारदमुनि राना, लेखराज भट्ट, भिम रावलहरुको प्रमुख चुनावी एजेण्डा गौरीफन्टा नाका बन्दै आएको छ ।
निर्वाचित भैसकेपछि नारदमुनि रानाले यस मुद्धालाई पाँच वर्षभित्रै पूरा गरी छाड्ने अठोटका साथ लागेका छन् । नेपाल भारत सीमा नाकामा पर्ने यस नाकालाई वीरगंजस्थित भन्सार नाकाको रुपमा स्तरोन्नती गर्न दुई देशीय सहमतिको आधारमा विस्तृत नाकाको रुपमा विकास गर्ने बताएका छन् ।

३. गेटा विमान स्थलको स्तरोन्नती :  गौरीफन्टाको सवाल जस्तै धेरै उठ्ने सवाल गेटा विमान स्थलको स्तरोन्नतीको सवाल पनि हो । कसै–कसैले त अन्तर्राष्ट्रिय विमान स्थलको रुपमा विकास गरिनुपर्ने भन्दै चुनावी चुनावी एजेण्डा समेत बनाएको पाइन्छ । सांसद रानाले विमान स्थलको स्तरोन्नतीको पहिलो चरणमा मर्मत सम्भारको काम केहि दिनमै सुरु हुने बताए । आवश्यक तयारी भैसकेको बताउँदै उनले पार्कि∙ व्यवस्थापन संगै रात्रीकालीन उडानको लागि आवश्यक पूर्वाधार जडानको कार्य पनि चालु वर्षमै पूरा हुने जानकारी दिए । क्रमिक रुपमा सुधार गर्दै जाने उनको योजना छ ।

४. मुक्तकमैया, कमलरी, हलियाको व्यवस्थापन : कैलाली निर्वाचन क्षेत्र नं. ५ मा हरेक निर्वाचन क्षेत्रमा थारु समुदायका मतदाताहरु निर्णायक बन्दै आएका छन् । यी समुदायमा व्याप्त वेरोजगारी, अशिक्षा, गरिबीका कारण प्रभावमा पार्न सक्ने भन्दै दल तथा उम्मेदवारहरुले हरेक किसिमका हत्कण्डा अप्नाउदै आएका छन् । उम्मेदवारहरु पनि के हेक्का राख्दै आएका छन् भने, थारु मतदाताहरु जता धल्क्यो उतैको पल्ला भारी हुँदो रहेछ । त्यसैले सबैको बक्र दृष्ष्टिमा मुक्तकमैया, कमलरी र हलियाको मुद्धा पर्दछन् ।

निर्वाचन जितिसकेपछि मुक्तकमैया, कमलरी र हलियाको मुद्धा सम्बोधन गर्नुपर्छ भन्ने सांसद नारदमुनिलाई नैतिक दवाव सिर्जना भएको छ । उनले परिचय पत्र नपाएकाहरुलाई परिचयपत्र दिने, जग्गा पाउँन बाँकीलाई लालपूर्जासहितको जग्गा वितरण गर्ने लगायत योजना पाँच वर्षभित्र पूरा गर्ने योजना बनाएका छन् । उनी भन्छन्–‘अव मुक्तकमैया, कमलरी, हलिया कसैको चुनावी एजेण्डा बन्नु भएन् । हामी मुक्तकमैया, कमलरी र हलियाको व्यवस्थापन पाँच वर्षभित्रै पूरा गर्ने अठोट गरेका छौ ।’

५. अन्य योजना :  शिक्षा, स्वास्थ्य, यातायात कृषि, रोजगारी, पर्यटन प्रवद्र्धनलगायतको मुद्धा पनि जल्दोबल्दो चुनावी मुद्धा हो । प्रायः सबैले उठाउने यो मुद्धा सांसद नादरमुनिले पनि जोड्दार तरिका उठाए । निर्वाचिनमा जीत हासिल गरिसकेपछि उनले चुनावी एजेण्डालाई कार्यान्वयन गर्ने उनी बताउछन् ।

को हुन् नारदमुनि ?

वि.स. २०२९ साल बैशाख १९ गते बुवा रतिराम रानाथारु र आमा सुदामा देवी रानाथारुको कोखबाट धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँको मध्यमवर्गीय परिवारमा जन्मेका राना बाल्य अवस्थादेखि नै लगनशिल, क्रान्तिकारी स्वभावका थिए ।

स्कूले शिक्षा धनगढी माध्यमिक विद्यालयबाट लिएका राना कैलाली बहमुखी क्याम्पस धनगढीबाट राजनीतिशास्त्रमा स्नातक तहसम्मको औपचारिक शिक्षा हासिल गरेका छन् ।

सांसद राना खेलकुद क्षेत्रमा पनि उत्तिकै शौकिन थिए । विभिन्न खेलकुद तथा प्रतियोगितामा सहभागिता जनाइ हाल्ने उनी वि.स.२०४६ देखि २०४८ को अवधीमा तेकवान्डो, कराते र वक्सि∙को च्याम्पिन भैसकेका थिए ।

यूवा अवस्थादेखि विभिन्न रचनात्माक गतिविधि तथा वैचारिक कार्यक्रममा बस्न रुचाउने राना क्याम्पस अध्ययनकै क्रममा विभिन्न राजनीतिक गतिविधिमा सक्रिय हुन थाले । फलतः वि.स. २०४५ सालमा तत्कालीन अखिल छैठौंबाट विद्यार्थी राजनीति सुरु गरे । त्यसपछि वि.स. २०४८ सालदेखि नेकपा एमाले निकट विद्यार्थी संगठन हुँदै टोल कमिटी, नगर कमिटी, जिल्ला कमिटी, केन्द्रीय कमिटीमा आए । हाल उनी नेकपा एमालेको वैकल्पिक केन्द्रीय सदस्यमा रहेका छन् । यसैबीच उनी वि.स. २०४६ सालको पञ्चायत विरुद्धको आन्दोलनमा थुनामा समेत परेका थिए । सरकार विरोधी गतिविधिमा संलग्न रहेको भन्दै उनीलगायत दर्जनौं नेता तथा कार्यकर्ताहरुलाई दिनभरी थुनामा राखेर मुक्त गरिएको थियो ।

क्याम्पस अध्ययनताका मुलधारको राजनीतिमा होमिसकेका उनी वि.स. २०५४ सालको स्थानीय तह निर्वाचनमा तत्कालीन धनगढी नगरपालिकाको उपमेयरको लागि उम्मेदवारी दिए । उक्त निर्वाचनमा उनले आफ्नो निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार मनिराम देवललाई भारी मतान्तरले पराजित गरे ।

सामाजिक क्षेत्रमा पनि उत्तिकै

नेकपा एमालेबाट वि.स. २०६४ सालमा समानुपातिक संविधान सभा सदस्य बनेका राना सामाजिक क्षेत्रमा पनि उत्तिकै क्रियाशिल छन् । आव ०६२/०६३ सालमा सेती अञ्चल अस्पताल व्यवस्थापन समितिको अध्यक्ष बनेका राना शिवनगर खानेपानी आयोजनाको संस्थापक अध्यक्ष तथा निरन्तर १० वर्षसम्म अध्यक्ष भई आयोजनाको काम पूरा गरेका छन् ।

उनी भन्छन्–‘धनगढी उपमहानगरपालिकामा गुणस्तरीय खानेपानीको सहजता होस भनेर  शिबनगर खानेपानीको ठूलो परियोजना सफलतापूर्वक सम्पन्न गराए । यहाँसम्मकी परियोजनाको सुरुवाती चरणमा लगानी अभावमा परियोजनाको काम अगाडी बढ्न सकेको थिएन । पछि नीजि घरजग्गा सिदार्थ बैंकमा बन्दगी राखे । फलतः नीजि घरजग्गा बैंकमा राखेर सार्बजनिक खानेपानीका लागि ९० लाख धितो निकाले । सोही धितोका कारण खानेपानी सम्पन्न भयो । र, अहिले यहाँका जनता स्वच्छ पानी खान पाइरहेका छन् । परियोजनाको सफलतापछि मलाई छुट्टै गर्वको महसुस भएको छ ।’

पहिलो मन्त्री बन्ने दाउ

शैक्षिक, आर्थिक, राजनीतिकलगायत क्षेत्रमा निकै पछाडी परेको रानाथारु समुदाय आफुहरु वर्षौदेखि राजनीतिक दल तथा नेताहरुको भ¥याङ मात्रै बनेको बताउछन् । हालसम्म यो समुदायबाट सांसद बन्नेको सुचीमा प्यारेलाल राना, पुरन राना, कृपाराम राना, मालामति राना, नारदमुनि राना हुन् । तर हालसम्म सांसदको यात्रासम्म मात्रै उनीहरुले आफ्नो यात्रा तय गरे ।

सम्पन्न निर्वाचनमा निर्वाचित भैसकेपछि नारदमुनि रानाले मन्त्रीसम्मको आंकक्षा देखाएका छन् । उनी भन्छन्–‘पछाडी पारिएको समुदायबाट आउँनु, प्रदेश नम्बर नं. ७ को मुद्धा सम्बोधन गर्न पार्टीले जिम्मेवारी दिएमा कुसलतापूर्वक पूरा गर्न सक्छु । म यो या, त्यो निश्चित जिम्मेवारी भन्ने संग सरोकार राख्दैन । मेरो लागि पार्टीको निर्णयलाई सर्वोपरी ठान्छु ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah