दमक/नेकपा एमालेले समानुपातिक मतदानबाट निर्वाचित साँसदहरुको टुंगो लगाएको छ । आज पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षमा बसेको पार्टीको स्थायी कमिटी बैठकले साँसदहरुको टुंगो लगाएको हो ।
बैठकपछि जारी भएको बिज्ञप्ति यस्तो छ-आज २०७४ माघ २८ गते नेकपा (एमाले) स्थायी कमिटीको बैठक पार्टीको केन्द्रीय कार्यालय धुम्बाराही काठमाडौँमा सम्पन्न भयो । पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सम्पन्न बैठकले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने प्रतिनिधिसभा सदस्यको उम्मेदवारको नाम पार्टीले प्राप्त गरेको सिट संख्या अनुसार समावेशी समूहसमेत मिलाई देहायबमोजिम छनोट गरेको छ । उक्त नामावली आजै निर्वाचन आयोगसमक्ष पेश गरिएको छ । १. मुकुन्द न्यौपाने (खसआर्य÷पुरुष) २. विजय सुब्बा (आदिवासी जनजाति÷पुरुष) ३. मोहन बानियाँ (पिछडिएको क्षेत्र÷पुरुष) ४. मोतीलाल दुगड (मधेसी÷पुरुष) ५. थममाया थापा (आदिवासी जनजाति÷महिला) ६. डा. शिवमाया तुम्वाहाम्फे (आदिवासी जनजाति÷महिला) ७. सुजिता शाक्य (आदिवासी जनजाति÷महिला) ८. रामकुमारी झाँक्री (आदिवासी जनजाति÷महिला) ९. बिना श्रेष्ठ (आदिवासी जनजाति÷महिला) १०. कु. तुल्सी थापा (आदिवासी जनजाति÷महिला) ११. नबिना लामा (आदिवासी जनजाति÷महिला) १२. शान्ति माया तामाङ पाख्रिन (आदिवासी जनजाति÷महिला) १३. कुमारी मेचे (आदिवासी जनजाति÷महिला) १४. बिनादेवी बुढाथोकी मगर (आदिवासी जनजाति÷महिला) १५. राधा कुमारी ज्ञवाली (खसआर्य÷महिला) १६. बिन्दा पाण्डे (खसआर्य÷महिला) १७. गोमा देवकोटा (खसआर्य÷महिला) १८. कल्याणी कुमारी खड्का (खसआर्य÷महिला) १९. निरुदेवी पाल (खसआर्य÷महिला) २०. मनकुमारी जिसी (खसआर्य÷महिला) २१. मायादेवी न्यौपाने (खसआर्य÷महिला) २२. विष्णु शर्मा (खसआर्य÷महिला) २३. सरिता न्यौपाने (खसआर्य÷महिला) २४. मैना कुमारी भण्डारी (खसआर्य÷महिला) २५. तीर्था गौतम (खसआर्य÷महिला) २६. शान्ता चौधरी (थारु÷महिला) २७. लक्ष्मीकुमारी चौधरी (थारु÷महिला) २८. गंगा चौधरी (सत्गौवा) (थारु÷महिला) २९. निरादेवी जैरु (दलित÷महिला) ३०. बिमला विश्वकर्मा (दलित÷महिला) ३१. बिमला विक (दलित÷महिला) ३२. पार्वतीकुमारी विसुंखे (दलित÷महिला) ३३. सानु शिवा (दलित÷महिला) ३४. आशाकुमारी विक (दलित÷महिला) ३५. जुलीकुमारी महतो (मधेसी÷महिला) ३६. डा. पुष्पा कुमारी कर्ण कायस्त (मधेसी÷महिला) ३७. सरलाकुमारी यादव (मधेसी÷महिला) ३८. रेखाकुमारी झा (मधेसी÷महिला) ३९. सरिताकुमारी गिरी (मधेसी÷महिला) ४०. कालिला खान (मुस्लिम÷महिला) ४१. समिना हुसेन (मुस्लिम÷महिला)










