काठमण्डौ /नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा अघि सार्दै एमाले स्थायी समितिले तीन वटा महत्वपूर्ण निर्णय गरेको छ । पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा आज बसेको बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई अब बन्ने सरकारको नेतृत्वकोलागि प्रधानमन्त्रीमा अघि सार्ने निर्णय गरेको छ ।

सचिव प्रदिप ज्ञवालीले भने,‘आजको बैठकले मूलतः तीन वटा निर्णय गरेको छ, पहिलो निर्णय अब बन्ने सरकारको नेतृत्व अध्यक्ष ओली कमरेडले गर्नेगरि उहाँलाई प्रधानमन्त्रीमा अघि सारेका छौं, त्यस्तै सरकार गठनपूर्व नै माओवादी केन्द्रसँग एकताबारे ठोस सहमति कायम गर्ने र तेस्रोमा फागुणभित्रै एकता सम्पन्न गर्ने निर्णय गरेको छ ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आजको बैठकमा अध्यक्ष ओलीले आफ्नो धारणा राखेका थिए । तर, उपाध्यक्ष वामदेव गौतमले माओवादीसँग एकता तत्काल गरेर अघि बढ्नुपर्नेमा जोड दिए । उनले सरकार गठन अघि नै एकता गर्न सुझाएका थिए । तर, अध्यक्ष ओलीले पार्टी एकतामा अब कुनै शंका गर्ने ठाउँ नरहेको भन्दै एकता तत्काल अघि बढ्ने धारणा राखेका थिए । यद्धपी उनले पहिले सरकार गठनप्रति सोच्ने बेला भएको सुनाए ।