एजेन्सी । पछिल्लो केही वर्षयता यूट्युब मनोजञ्जनका लागि मात्र होइन, कमाईका लागि पनि राम्रो माध्यम बनिरहेको छ । यसबाट प्रयोगकर्ताहरुले बर्सेनि लाखौँ कमाइरहेका छन् ।

यसैक्रममा फोर्ब्सले सन २०१६ मा यूट्युवबाट धेरै पैसा कमाउने शीर्ष १० जना (टप टेन) को सूची सार्वजनिक गरेको छ । यो वर्ष टप टेनको कमाईमा गत वर्षको तुलनामा २३% बढोत्तरी भएको पाइएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

टप टेनमा को-को ?

यो सूचीमा स्वीडेनका फेलिक्स कलेजबर्ग पहिलो नम्बरमा छन् । दोस्रो नम्बरमा रोमन अट्वुड तथा तेस्रो नम्बरमा भारतीय मूलकी क्यानेडियन नागरिक लिली सिंहको नाम छ । लिस्टमा सामेल प्रायको उमेर ३० वर्षभन्दा कम छ ।

२६ वर्षीय फेलिक्स सोशल साइट यूट्युबमा अनलाइन च्यानल चलाउँछन् । उनले PewDiePie नामक यूट्युब च्यानलबाट यो वर्ष १५ मिलियन अमेरिकी डलर (१ अर्ब ५० करोडभन्दा बढी नेपाली रुपैयाँ) कमाएका छन् ।

दोस्रो स्थानमा रहेका अटवुडको कमाई ८ मिलियन डलर छ । उनले ५ वर्षअघि यूट्यूबमा तीन मिनेटको एउटा प्र्याङ्क भिडियो अपलोड गरेका थिए । त्यो भिडियो यति हिट भयो कि त्यसले अट्वुडलाई यूट्यूब च्यानले नै खोलेर थप भिडियो अपलोड गर्न प्रेरित गर्‍यो । उनी भन्छन्, ‘सुरुमा त मलाई यू-ट्युबमा भिडियो अपलोड गरेबापत पैसा कमाउन सकिन्छ भन्ने पनि थाहा थिएन ।’

यस्तै तेस्रो स्थानकी लिलीले ७.५ मिलियन डलर कमाएकी छन् ।

यस्तो छ टप टेनको सूची:

#1. फेलिक्स कजेलबर्ग – गेमर

कमाई – १५ मिलियन डलर

च्यानल – पीयूडीपाई

#2. रोमन अट्वुड – प्र्याङ्कस्टर

कमाई – ८ मिलियन डलर

च्यानल – रोमन अट्वुड

#3. लिली सिंह – क्रिएटर

कमाई – ७.५ मिलियन डलर

चैनल – सुपरवुमन, डकुमेन्ट्री – अ ट्रिप टू यूनिकर्न आइल्याण्ड

#4. एन्थोनी तथा इआन – कमेडियन

कमाई – ७ मिलियन डलर

यिनीहरुले ‘स्मोश’ फिल्म बनाइसकेका छन् । दोस्रो फिल्म ‘घोस्टमेट्स’ छिट्टै रिलिज हुँदैछ ।

#5. रोसन्ना पन्सिनो

कमाई – ६.५ मिलियन डलर

रोसन्ना ‘कुकिङ्ग शो’ चलाउँछिन्

#6. टेलर ओकली

कमाई – ६ मिलियन डलर

ओकली टक शो चलाउँछन्

#7. मार्क फिसवाच

कमाई- ५.५ मिलियन डलर

उनी गेमर हुन्

#8. जर्मन जर्मेण्डिया

कमाई- ५.५ मिलियन डलर

उनी म्यूजिसियन तथा कमेडियन हुन्

#9. ड्यानियल रेड्क्लिफ र एमी स्चूमर

कमाई- ५ मिलियन डलर

टक शो प्रिजेन्टर

#10. कोलिन बेलिङ्गर

कमाई- ५ मिलियन डलर