विष्णुप्रसाद पोखरेल
दमक/रेडक्रस सोसाइटी उपशाखा दमकको सभापतिमा प्रकाश बुढाथोकी सर्वसम्मत रुपमा निर्वाचित भएकाछन् । निवर्तमान अध्यक्ष लिल गुरागाँइ र नोवलचन्द्र गुरागाइले उम्मेदवारी फिर्ता लिएपछि बुढाथोकी दोस्रो पटक रेडक्रस दमकको सभापति बनेका हुन् ।
निवर्तमान सभापति गुरागाइले मनोनयन फिर्ताको समय केहि मिनेट बाँकी रहेको अवस्थामा आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए । नोवलचन्द्रले भने अगाडि नै उम्मेदवारी फिर्ताको तयारी गरेका थिए ।
बुढाथोकी र लिला गुरागाइबीच प्रतिस्पर्धा हुन सक्ने आँकलन गरिएको थियो । अन्तिम समयमा रेडक्रसजस्तो पवित्र संस्थामा निर्वाचनभन्दा पनि सर्वसम्मतको माध्यमबाट नै काम अघि बढाउन सहज होस भनेर आफ्नो उम्मेदवारी फिर्ता लिइएको गुरागाइले बताए ।
उनले मनोनयन फिर्ता लिएपछि आएर बुढाथोकीसंग अंकमाल गरी सफल कार्याकालको शुभकामना पनि दिएका थिए । गुरागाइले देखाएको सदभाव र त्यागको सबैले प्रशंशा गरेकाछन् ।
गुरागाइ भन्दा अघि बुढाथोकी नै सभापति रहेका थिए । फेरी दोस्रो पटक उनले सभापति बन्ने अवसर पाएकाहुन् । बुढाथोकीले यो विश्वासलाइ मर्न नदिइ काम गर्ने प्रतिबद्धता जनाए ।
सदस्यमा भने सर्वसम्मत हुन निक्कै मुश्किल बनेको छ । मनोनयन फिर्ता गर्ने समय सकिएको र सदस्यहरुमा निर्वाचन हुने सम्भावाना रहेको बताइएको छ । निर्वाचन अधिकृत मित्रदेब काफ्लेका अनुसार ५ गते निर्वाचनको कार्यक्रम रहेको छ ।




