दमक/झापाको क्षेत्र नं. ५ क बाट प्रदेश सभा सदस्य बनेका हिक्मत कार्की प्रदेश नं. १ को आन्तरिक मामिला तथा कानुन मन्त्री बन्ने सम्भवाना प्रवल बनेको छ ।
मुख्यमन्त्रीका दाबेदार समेत रहेका कार्की कानून समेत पढेको र सिनियर समेत रहेकाले उनलाइ महत्वपूर्ण मन्त्रलाय दिन लागिएको श्रोतको भनाइ रहेको छ ।
यद्यपि यस बिषयमा निर्णय भइनसकेको र भोली सम्ममा मात्र मन्त्रीमण्डलमा जानेहरुको नाम आउने एमाले प्रदेश नं. १ प्रचार बिभाग प्रमुख समेत रहेका कार्कीले बताए ।
सामाजिक सञ्जाल फेसबुकमा भने कार्की मन्त्री भएको भन्दै बधाइ दिनेको ओइरो भएको छ । सामाजिक सञ्जालमा कार्कीलाइ आन्तरिक मामिला, तथा कानुन मन्त्रीको रुपमा बधाइ दिन शुरु गरेको पाइएको हो । यहि मन्त्रालयले गृहमन्त्रालय समेत हेर्ने गर्छ ।




