दमक/इलामको चुलाचुाली स्थित तीनकुने पर्यटन साँस्कृतिक समूहले देउसे–भैलो २०७३ विर्सजन गरेको छ ।
समाजसेवी ओमनारायण खनालको प्रमुख अतिथिथ्य रहेको उक्त कार्यक्रममा संस्थाका सचिव मानङ लावतीले देउसे–भैले २०७३को आय व्याय प्रस्तुत गरेका थिए । स्थानीय चुलाचुली–४ तीनकुने चोकको प्राङगणमा सम्पन विर्सजन देउसी कार्यक्रममा यस बर्षको देउसे–भैले कार्यक्रमबाट जम्मा ३ लाख ४० हजार ५ सय पचास मा खर्च तर्फ २ लाख ८१ हजार ३ सय ५० रुपैयाँ बचत ५९ हजार २ सय ५० रुपैयाँ रहेको संकलन भएको जानकारी दिईएको थियो । संस्थाले बाँकी रकममा समुदायबाट थप रकम बनाएर पोखरी सिमसारमा बोट खरिद गर्ने भएको छ । चुलाचुली–४ स्थित रहेको तीनकुने पोखरी सिमसार क्षेत्रलाई व्यवस्थापन गर्ने उदेश्यले देउसे–भैले कार्यक्रम गरेको संस्थाका अध्यक्ष नगिन्द्र श्रेष्ठले वताउनुभयो । उक्त समिसार श्रेत्रलाई निरन्तर सहयोग गर्ने झापाका जामुखाडी सिमसार समितिको तीन्कुने संग सधै सम्बन्ध रहने जमुनखाडी समिसार संचिव इन्द्र पुलामी मगरले कार्यक्रमा वताउनुभयो । कार्यक्रममा प्रमुख अतिथि ओमनारयाण खनालले भने, तीनकुने खोखरी सिमसार क्षेत्रलाई व्यवस्थापन गर्ने सिंगो चुलाचुली समुदाय र साँस्कृतिक अभियान्तहरु समेत लागि पर्नु पर्ने बताउनुभयो ।










