
दमक/मेची सहकारी संस्था लिमिटेडले आज एक दिने सदस्य शिक्षा कार्यक्रम सम्पन्न गरेको छ । साथै मेची सहकारी द्धारा प्रकाशित मेची सन्देश बुलेटिनको बिमोचन गरेको छ । अर्धबार्षिक रुपमा प्रकाशित हुने सो बुलेटिनको संस्थाका अध्यक्ष रोमनाथ ओलीले बिमोचन गर्नुभएको हो । बुलेटिनमा संस्थाको गतिबिधि प्रकाशित गरिने सम्पादन तथा प्रकाशन उपसमिती संयोजक नारायण प्रसाद भट्टराईले जानकारी दिनुभयो । त्यस्तै सदस्य शिक्षा कार्यक्रममा संस्थाका सदस्यहरुलाई संस्थाको आर्थिक प्रगति बारे जानकारी दिईएको सहकारीका ब्यवस्थापक खोम प्रसाद बगालेले जानकारी दिनुभयो ।