साप्ताहिक राशिफल
(वि.सं. २०७४ फाल्गुन ०६ गतेदेखि वि.सं. २०७४ फाल्गुन १२ गतेसम्म)
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
यो साता तपाईंको राशिबाट बाह्रौं, पहिलो र दोस्रो घरमा चन्द्रमाले भ्रमण गर्नेछ, त्यसैले खर्चमा नियन्त्रण गर्नुपर्छ । अनावश्यक यात्राबाट जोगिनुहवस् । कल्पना र भावनामा केन्दित भइने छ । बोलीको विपरीत अर्थ लाग्न सक्छ, मुखलाई नियन्त्रणमा राख्नुहोला । दुर्गमस्थान र टाढाको यात्रा सम्भावना छ । मङ्गलबारपछि पारिवारिक सुख मिल्नुका साथै अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । आर्थिक पक्ष सुदृढ बन्नेछ । न्यायिक वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । मनमा दोधारको अवस्था हुनसक्छ । बिहीबारपछि परिवारमा ठूलो जमघट वा धार्मिक सामाजिक कार्य सम्पन्न हुनेछ । उक्त अवसरमा तपार्इंको प्रत्यक्ष संलग्नता र भूमिका रहने देखिन्छ । विशिष्ट व्यक्तिले विचारको कदर गर्नेछन्, महत्वपूर्ण कार्य सम्पन्न हुने मौका छ । साताको अन्त्यमा मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । दार्शनिक र आध्यात्मिक विषयवस्तुप्रति आकर्षित हुनुहुनेछ । भाइबहिनीका तर्फबाट खुसीको खबर प्राप्त हुने सम्भावना समेत छ । व्यावहारिक र सामाजिक जिम्मेबारी थपिनेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
यो साता तपाईंको राशिबाट एघारौं, बाह्रौं र आफ्नै घरमा चन्द्रमाले भ्रमण गर्नेछ, त्यसैले पछाडि कुरा काट्ने शत्रु आफैं पराजित हुनेछन् । सामाजिक कार्यमा नेतृत्वदायी भूमिका वहन गर्नु पर्नेछ । सद्भाव र प्रेममा उच्च सफलता प्राप्त हुने योग छ । पुराना इष्टमित्र र प्रेमीप्रेमिकाको मिलन हुने समय हो । मङ्गलबारपछि समाजमा तपाईंका कुरा काट्नेको कमी हुने छैन । आकस्मिक यात्राको समय छ, तर यात्राबाट सोचेजस्तो प्रतिफल प्राप्त हुनेछैन । मनमा विरक्तिको भाव बहन सक्छ । बौद्धिक र प्राज्ञिक क्षमताको उपयोग हुन सक्दैन । बिहीबारपछि आफ्नो विचार र योजनालाई रचनात्मक रूप प्रदान गर्ने प्रयास गर्दा राम्रो हुनेछ, यस अवधिमा सुरु गरिएको क्रियाकलापले दीर्घकालिक फाइदा पुग्नेछ । विशिष्ट व्यक्तिलाई प्रभावित तुल्याएर काम बनाउन सकिनेछ । साताको अन्त्यमा आर्थिक क्षेत्र सबल रहने छ । स्वास्थ्यमा सकारात्मक सङ्केत देखिने छ । बन्दव्यापारबाट राम्रो फाइदा लिन सकिन्छ । भौतिक साधनको जोहो हुनाका साथै मनोरञ्जनात्मक क्रियाकलापमा सक्रिय हुने अवसर जुट्ने छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
यो साता तपाईंको राशिबाट दसौं, एघारौं र बाह्रौं घरमा चन्द्रमाले भ्रमण गर्नेछ, त्यसैले व्यापारमा प्रशस्त फाइदा हुनेछ । काममा मातापिताको सहयोग प्राप्त होला । मातापिता वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । प्रतिष्ठित काम गर्ने मौका छ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । मङ्गलबारपछि सुखद समाचार सुन्न पाइनेछ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । पढाइलेखाइमा प्रगति हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । बिहीबारपछि सट्टापट्टा वा जुवाजन्य क्रियाकलापमा धननाश हुनसक्छ । लामो दूरीको आकस्मिक यात्राको सम्भावना देखिन्छ, सोचेजस्तो लाभ मिल्न सक्दैन । व्यवहारिक खर्चको मात्रा बढ्नेछ । मनमा निराशा र विरक्तिभाव जाग्नेछ । साताको अन्त्यमा नयाँ योजना कार्यान्वयन गर्ने र दीर्घकालीन योजना बनाउने समय हो । वैदेशिक यात्रा गर्ने योजनामा हुनुहुन्छ भने प्रयास गर्न अनुकूल हुनेछ । कृषिजन्य व्यवसायबाट राम्रो आर्थिक उपार्जन हुने समय छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
यो साता तपाईंको राशिबाट नवौं, दसौं र एघारौं घरमा चन्द्रमाले भ्रमण गर्नेछ, त्यसैले मान्यजन र अभिभावक वर्गको सहयोगमा रोकिएका काम सम्पादन गर्न सघाउ पुग्नेछ । घरमा परपाहुना र अतिथिको आगमन हुनसक्छ । नयाँ ठाउँमा धन लगानी गर्ने वातावरण बन्नेछ । कुनै लाभदायक समाचार सुन्न पाइएला । मङ्गलबारपछि हाकिम, मातापिता वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । नोकरी अथवा व्यवसायसँग सम्बद्ध कुनै ठोस परिणाम देखा पर्नेछन् । तपाईंका सम्पूर्ण उद्यम र परिश्रमको राम्रो प्रतिफल प्राप्त हुनेछ । बिहीबारपछि भाइबहिनी वा सन्ततिका तर्फबाट खुशीको खबर प्राप्त हुने छ । आर्थिक रूपमा सबल हुनुहुनेछ, कारोबारमा गतिशीलता आउने छ र व्यवसायबाट लाभ हुनेछ । मायाप्रेमका लागि समय जुट्ने छ । पठनपाठनमा प्रगति हुनेछ । साताको अन्त्यमा कृषिक्षेत्रबाट बेफाइदा हुनेछ । यात्रा घातक बन्नसक्छ । अनावश्यक र निरर्थक लगानी बढ्नेछ । आम्दानीका मार्ग अवरुद्ध हुनेछन् । स्वास्थ्य प्रतिकूल रहनेछ । चिन्ता र शङ्काले मन व्याकुल हुनसक्छ । पारिवारिक सहयोग प्राप्त हुँदैन ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
यो साता तपाईंको राशिबाट आठौं, नवौं र दसौं घरमा चन्द्रमाले भ्रमण गर्नेछ, त्यसैले शरीरमा आलस्य र थकानको अनुभव हुनेछ । अप्रिय समाचार सुन्नु पर्दा मन खिन्न हुने स्थिति आउने छ । धन, धर्म र भाग्यमा हानी पुग्ने सम्भावना छ । गर्नु नपर्ने काम बढी समय लगाएर गर्नु पर्ला । प्रतिकूल समयले घेरेको छ । मङ्गलबारपछि कतै लामो दूरीको लाभदायी यात्रा गर्नु छ भने राम्रो हुन्छ । सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा अझ राम्रो हुनेछ । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । बिहीबारपछि प्राविधिक काममा विशेष सफलता प्राप्त हुने छ साथै आत्मसन्तुष्टि प्राप्त हुनेछ । यो समय विशेष महत्वको समय हुनेछ । मातापिता र अभिभावकवर्गको आशीर्वादले काम गर्न सक्छ । साताको अन्त्यमा आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि तथा पशुपालनमा कम र व्यापारमा प्रशस्त फाइदा हुने योग छ । गरेका कामबाट राम्रै लाभ हुनेछ । श्रमको उचित मूल्याङ्कन होला । पढाइमा प्रगति हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
यो साता तपाईंको राशिबाट सातौं, आठौं र नवौं घरमा चन्द्रमाले भ्रमण गर्नेछ, त्यसैले लामो समयपछि रसरङ्गको चाहना पूर्ण हुने योग आएको छ । दाम्पत्य सम्बन्धमा सुमधुरताको प्राप्ति हुनेछ । बालबच्चाबाट पनि सुखसन्तोष प्राप्त हुनेछ । मेवामिष्ठान्न आदि खान पाइने र मनोरञ्जनमा भुलिन पाउनु हुनेछ । मङ्गलबारपछि सानातिना काम र घरेलु समस्यामा नै समय व्यतीत हुनेछ । प्रत्येक काममा बाधाअडचन आउने र ढिलो गरी कार्यसम्पादन हुने समय छ । सवारी साधन हाँक्दा सचेतता अपनाउनु बेस हुनेछ । स्वास्थ्यमा समस्या हुनसक्छ । बिहीबारपछि सुखसुविधा र मनोरञ्जनमा भुलिने समय छ । धार्मिक, सामाजिक वा सांस्कृतिक काममा खट्नु पर्ने समय पनि हो, जसबाट प्रशंसा र शुभ कुराको सङ्केत प्राप्त हुनेछ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा अझ राम्रो हुनेछ । साताको अन्त्यमा आफ्नो काममा तल्लीन हुनुपर्ने भएकाले समय बितेको पत्तो पाउनु हुन्न, तर श्रमिक, पशुपालक र कृषकले अलि बढी थाकेको अनुभूति गर्नेछन् । कतै लामो दूरीको लाभदायी यात्रा गर्नु छ भने राम्रो हुन्छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
यो साता तपाईंको राशिबाट छैटौं, सातौं र आठौं घरमा चन्द्रमाले भ्रमण गर्नेछ, त्यसैले प्रतिद्वन्द्वीहरूसित सतर्क रहने दिन हो । परिवारमा पनि वैचारिक मतभेद देखापर्ने सम्भावना छ । जीवनसँगीसित ठाकठुक पर्न सक्छ । मानसिक तनावको सिर्जना हुनेछ । आकस्मिक रूपमा स्वास्थ्यमा समस्या आउनसक्छ । मङ्गलबारपछि समय मनोरञ्जनपूर्ण रहनेछ । नयाँ ज्ञान सिक्ने मौका छ । व्यावसायिक यात्राको सम्भावना छ । दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । आम्दानी प्रशस्तै बढ्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग पनि छ । बिहीबारपछि झैझगडा र मुद्दामामिलाभन्दा टाढै बस्नु उचित हुनेछ । यात्रा घातक बन्न सक्छ, धेरै टाढा नजानु होला । आम्दानीका मार्ग अवरुद्ध हुनेछन् । बोलीमा संयमता अपनाउनु होला, आफूले भनेको कुराले विपरीत अर्थ प्रदान गर्न सक्छ । साताको अन्त्यमा परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो हुनेछ । साथीभाइसित भेटघाट हुनुका साथै मनोरञ्जनात्मक काममा संलग्न भइने छ । दाजुभाइ र दिदीबहिनीले दिएको सुझावलाई पालना गर्दा लाभ प्राप्त हुनसक्छ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
यो साता तपाईंको राशिबाट पाँचौं, छैटौं र सातौं घरमा चन्द्रमाले भ्रमण गर्नेछ, त्यसैले कुनै विशेष खुशीको समाचार सुन्न पाइएला । राम्रो कामको लागि काम गर्ने वातावरण अनुकूल बन्नेछ । बौद्धिक क्षमताको प्रस्फुटन हुनाले सृजनात्मक सफलता मिल्नेछ । भोगविलासमा मन जानेछ । समय रमाइलो गरी बित्नेछ । मङ्गलबारपछि काममा अधिकार प्राप्तिका लागि तर्क, बहस र छलफलमा दिन बिताउनु पर्नेछ । प्रतिस्पर्धी र शत्रुहरूको चलखेल बढ्नाले केही चुनौती र अपठ्याराको सामना गर्नुपर्छ । प्रयत्न गर्दा समेत परिस्थिति आफ्नो पक्षमा आउने छैन । बिहीबारपछि हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा समय बित्नेछ । घरपरिवारका सदस्य र साथीभाइसँग मतभिन्नता भएपनि अन्त्यमा उनीहरू सकारात्मक देखिने छन् । जीवनसाथी वा आमाको सल्लाहमा गरिएको काममा सफलता प्राप्त हुनेछ । साताको अन्त्यमा खानपानमा नियन्त्रण गर्नु बेस हुनेछ, त्यसबाट स्वास्थ्यमा नकारात्मक असर पर्न सक्छ । वर्तमान समयलाई धैर्यता, संयमता र सोचविचार गरी उपयोग गर्नु बुद्धिमत्ता हुनेछ । मनोरञ्जनात्मक क्रियाकलापबाट हानि पुग्ने सम्भावना छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
यो साता तपाईंको राशिबाट चौथो, पाँचौं र छैटौं घरमा चन्द्रमाले भ्रमण गर्नेछ, त्यसैले परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ । मनमा देखिने अस्थिरता अधैर्यताका कारण निर्णायक क्षमतामा कमी आउने छ । कामधन्दामा अर्काको भर नपर्नु नै राम्रो हो, परिवारकै सदस्यबाट धोका हुनसक्छ । मङ्गलबारपछि सन्तति पक्ष र भाइबहिनीले खुसीको वातावरण सिर्जना गर्नेछन् । लेखन, प्रकाशन र ज्ञानगुनका क्षेत्रमा सक्रियता बढ्ने छ । बौद्धिक र सृजनात्मक सफलता मिल्नेछ । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ । बिहीबारपछि सहयोगी हातहरू पछि हट्न सक्छन् । मनमा अशान्ति र छटपटी व्याप्त हुने छ । अनावश्यक र दिक्कलाग्दो यात्रा हुन सक्छ । भोगविलासमा मन जानेछ । स्वास्थ्यका दृष्टिकोणले यो राम्रो समय होइन । आर्थिक सङ्कटको योग छ । साताको अन्त्यमा कृषि, पशुपालन र दुग्धजन्य पेसामा संलग्न व्यक्तिहरुले राम्रो आर्थिक लाभ गर्नेछन् । प्रायः सबैले प्रणयसम्बन्ध र रतिरागका लागि समय छुट्याउने छन् । आनन्द र रमणीयताका लागि समय र धन खर्च हुन सक्छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
यो साता तपाईंको राशिबाट तेस्रो, चौथो र पाँचौं घरमा चन्द्रमाले भ्रमण गर्नेछ, त्यसैले सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । शुभ कुराको सङ्केत मिल्नेछ । कुनै देवालय, मठमन्दिर वा सार्वजनिक प्रतिष्ठानको दर्शन, भ्रमण वा अवलोकन हुनेछ । मित्रवर्ग र बन्धुवान्धवबाट राम्रो सहयोगको अपेक्षा गर्न सकिन्छ । मङ्गलबारपछि खर्चको मात्रा ह्वात्तै बढ्न सक्छ । शरीरमा आलस्य जाग्नेछ । काम गर्न जाँगर लाग्दैन । प्रतिफल प्राप्त नहुने क्षेत्रमा लगानी हुनसक्छ । चिताएको काममा अप्ठ्यारा र चुनौतीको सामना गर्नुपर्छ । धैर्यले काम लिने समय छ । बिहीबारपछि सन्ततिपक्षबाट खुसीको समाचार प्राप्त हुने छ । आफन्तले प्रशंसा गर्नेछन् । मन प्रफुल्ल र उत्साही बन्ने छ । घरपरिवारमा रमाइलो जमघट हुने छ । गर्न लागेको काममा सबैले साथ दिनेछन् । साताको अन्त्यमा स्वास्थ्यमा अचानक गडबडी आउने देखिन्छ । त्यसबाट फाइदा हुने सम्भावना छैन । सहयोगी हातहरू पछि हट्न सक्छन् । अनावश्यक र दिक्कलाग्दो यात्रा हुन सक्छ । आर्थिक समस्याले सङ्कट उत्पन्न हुनसक्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
यो साता तपाईंको राशिबाट दोस्रो, तेस्रो र चौथो घरमा चन्द्रमाले भ्रमण गर्नेछ, त्यसैले प्राविधिक काममा विशेष सफलता प्राप्त हुनाले आत्मसन्तुष्टि प्राप्त हुनेछ । आभूषण, श्रृंगार, साजसज्जा, फेसनडिजाइन र सञ्चार क्षेत्रका व्यवसायीले राम्रो लाभ प्राप्त गर्नेछन् । पारिवारिक वातावरणमा हर्षको वातावरण बन्नेछ । मङ्गलबारपछि पराक्रम र उत्साह बढ्नेछ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । कृषिकर्म र व्यावसायिक काममा भने केही चुनौतीको सामना गर्नुपर्छ । बिहीबारपछि घरपरिवार र छरछिमेकमा असमझदारी बढ्न सक्छ । सामाजिक मर्यादामा आँच आउने सम्भावना छ । घरपरिवारबाट पनि आवश्यक सहयोग मिल्ने छैन । परिश्रम गर्दा पनि सोचेजस्तो उपलब्धी हात पर्ने छैन, मिहिनेत र परिश्रम व्यर्थै खेर जान सक्छ । साताको अन्त्यमा बौद्धिक र लेखनकार्यमा सफलता प्राप्त हुने योग छ । सन्तति पक्ष र भाइबहिनीले खुसीको वातावरण सिर्जना गर्नेछन् । साथीभाइले तपाईंका सकारात्मक कामको समुचित मूल्याङ्कन गर्नेछन् । मनोरञ्जनका लागि राम्रै समय छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
यो साता तपाईंको राशिबाट पहिलो, दोस्रो र तेस्रो घरमा चन्द्रमाले भ्रमण गर्नेछ, त्यसैले रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ । मान–सम्मान र प्रतिष्ठा बढ्नेछ । बोलीको भरमा काम सम्पादन हुने योग छ । विचार र दर्शनका बलमा धेरैलाई आकर्षण गर्ने समय छ । नयाँ काममा हात हाल्ने समय छ । मङ्गलबारपछि आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि तथा पशुधनबाट लाभ लिन सकिने छ, त्यस्तै बन्दव्यापारमा समेत प्रशस्त फाइदा हुने योग छ । गरेका कामबाट राम्रै लाभ हुनेछ । श्रमको उचित मूल्याङ्कन होला । बिहीबारपछि व्यवसायिक क्षेत्र सफल रहने छ, आम्दानीमा कमी आउने छैन । दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । अर्थलाभका अवसर आउने छन् । राजनैतिक चासो पनि बढ्नेछ । तीर्थव्रत तथा देवालयको भ्रमण हुन सक्छ । साताको अन्त्यमा परिवारमा मतभेद हुनेछ । झैझगडा र मुद्दामामिलाभन्दा टाढै बस्नु उचित हुनेछ । प्रतिकूल परिस्थितिले पछ्याउने छ । सानातिना कामको झमेला आउनसक्छ । गरिएको लगानीबाट दीर्घकालीन फाइदा नहुन सक्छ ।
_पुर्बेलीन्यूज बाट साभार



