काठमाडौं । झण्डै १९ महिनापछि प्रधानमन्त्रीका रुपमा बालुवाटारमा फर्किएका केपी शर्मा ओलीलाई स्वभाविक चासो रहृयो कि आफूले रोपेको पिपलको विरुवा कत्रो भयो होला ?

हुन त योबीचमा प्रधानमन्त्री नरहे पनि ओली बालुवाटार पुगेका थिए । तर, शायदै आफूले १९ महिनाअघि बालुवाटार छाड्दा रोपेको रुख हेर्न भ्याएका थिए होलान् ।

प्रधानमन्त्री बनेको चार दिनपछि आइतबार बालुवाटार प्रवेश गरेका ओलीले सुरुमै आफूले रोपेको विरुवाको खोजी गरे ।

साढे ४ बजे भनिए पनि प्रधानमन्त्री ओली बालुवाटार प्रवेश गर्दा साँझ परिसकेको थियो । तर, सुरक्षाकर्मी र सहयोगीहरुले उनलाई रातारात विरुवा भएको ठाउँमा पुर्‍याए ।

बालुवाटारको बगौंचामा रोपिएको पिपलको विरुवालाई जोगाउन सिमेन्टको ब्लक राखिएको रहेछ । केही फिट अग्लो भएको पिपलको बिरुवामा तीनवटा पात लागेका थिए ।

किक्रिक्क परेको विरुवा देखेपछि प्रधानमन्त्री पत्नी राधिका शाक्यको मुखबाट फुत्कियो, ‘भर्खर यत्रो भएछ ’

भीडबाट कसैले भन्यो, शेरबहादुर -निवर्तमान प्रधानमन्त्री) ले पानी नै हालेनछन् क्यारे

यससँगै हाँसोको फोहोरा छुट्यो ।

प्रधानमन्त्रीको ९ महिने कार्यकाल सकेर ३ साउन ०७३ मा बालुवाटार छाड्ने बेला ओलीले आफ्नो बहिर्गमनमा भिन्न शैली अपनाउँदै बालुवाटारको बगैंचामा पिपलको बिरुवा रोपेका थिए । अब त्यो बिरुवालाई हुर्काउने जिम्मा उनकै काँधमा आएको छ ।

आइतबार बालुवाटार पुगेलगतै प्रधानमन्त्री ओली र पत्नी राधिकाले पिपलको बिरुवामा जगले पानी हालेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah