सवालनेपाल डेक्स
दमक/झापाका दुर्गा प्रसाइले आफ्नो घरमा प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओबादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्नो घरमा खाना खाएको फोटो आफूले सार्वजनिक नगरेको दाबी गरेकाछन् । प्रसाइ बिर्तामोडको बिएण्डसि अस्पातलका सञ्चालक हुन् ।
प्रसाइ सहित बसेर ओली र प्रचण्डले खाना खाएको तस्विर सामाजिक सञ्जालमा भाइरल भएपछि यसको आलोचना भएको थियो । प्रसाइले उक्त काम आफूले नगरेको र गर्न जरुरी पनि नभएको जनाएकाहुन् । आफूलाइ चिनाउनु र चिनाउनु जरुरी नभएकाले आफूले यो काम नगरेको दाबी गरे ।
त्यो समय आफ्नो ड्राइभरमार्फत त्यो फोटो सामाजिक सञ्जालमा बाहिरिएको र यो ठूलो नभएको समेत उनले एक अन्तरवार्तामा बताएकाछन् । सादा दालभात खाएको र त्यहाँ मदिरा नरहेको भन्दै त्यो ठूलो बिषय नभएको उनको तर्क थियो ।
आफूले दुबै नेतालाइ घरमा राखेर वार्ता मिलाएको पनि उनले दाबी गरेकाछन् । आफ्नो घर नै बास्तु शास्त्र अनुसार बनाएको भन्दै जस्तो सुकै समस्या र गाठो पनि आफ्नो घरमा आएपछि फुस्कने उनले उक्त अन्तरवार्तामा दाबी गरेकाछन् ।



