रोजमेरी पब्लिक स्कुल झापा दमक १० को अायोजना तथा कोशी डेण्टल केयर दमक ६ को प्राविधिक सहयोग मा स्कुलको प्राङ्गणमा निशुल्क मुख तथा दाँत परिक्षण गरि अौषधि समेत वितरण गरिएको छ ।

शिविरमा स्कुलका २७ जना छात्र छात्रा तथा ४६ जना अभिभावक गरि कुल ७३ जनाले चेकजाँच गरेको शिविरमा संलग्न रहेका शिवरका वरिष्ठ डाक्टर नवीन कान्त चौधरीले बताएका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

५ जनाको दाँत उखेलिएको छ भने अन्यलाई उचित परामर्श दिई एक हप्ताभित्र अन्य थप उपचारका लागि हस्पिटलमा सम्पर्क गरेमा ५० प्रतिशत छुटमा उपचार गरिने हस्पिटल का सञ्चालक राजु खड्काले बताएका छन् ।

शिविरमा ३ वर्ष देखि ८६ वर्ष सम्मका विरामिहरुको उपस्थिति रहेको स्कुलकी संस्थापक तथा प्रिन्सिपल भुमिका अाचार्यले बताएकि छिन् ।