विष्णुप्रसाद पोखरेल

दमक/प्रधानमन्त्री एवं झापा क्षेत्र नं. ५ प्रतिनिधि सभा सदस्य केपी शर्मा ओली समक्ष नेपाल राष्ट्रिय बाणिज्य संघ दमकले झापाको दमकलाइ पूर्व नै नमुना शहर बनाउनका लागि ७ सुत्रीय मागहरु अघि सारेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दमकबाट काठमण्डौ गएको संघको एक प्रतिनिधि मण्डलले सात्र सुत्रीय माग राखेको र प्रधानमन्त्री ओलीबाट सकारत्मक जवाफ पाएको संघका सदस्य रमेश लुइटेलले जानकारी दिएकाछन् ।

संघका केन्द्रिय सदस्य राजकुमार श्रेष्ठ र भरत चम्लागाइको नेतृत्वमा काठमण्डौ टोली गएको थियो ।

यस्ताछन् संघका ७ माग

१. दमकलाई नयाँ औद्योगिक शहर बनाउनेः २. ब्यावसायिक रंगशाला÷खेलकुद रंगशाला निर्माणः ३. आधुनिक तथा सुबिधासम्पन्न शीतभण्डार निर्माणः ४. बिषादी जाच्ने प्रयोगशाला स्थापनाः ५. सुबिधायुक्त आइटी पार्क निर्माणः ६. औद्योगिक पार्क र बुद्धको मुर्ति निर्माणलाई तिब्रताः ७. चीन र भारत सिमा नाका र दमक रबि सडकः