दमक/अन्तराष्ट्रिय लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानलाई आज झापाको दमकमा रहेका विभिन्न संघसंस्थाहरु एक कार्यक्रमको आयोजना गरि समापन गरेका छन । अन्तराष्ट्रिय लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको सन्र्दभपारेर उक्त अभियानको समापन गरिएको हो । दमकमा रहेका महिला सम्बद्ध विभिन्न संघ संस्था, गैह्र सरकारी निकाय, तथा सरकारी निकायहरुको सम्युक्त सहभागितामा कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा दमकमा रहेको विभिन्न संघ संस्थाहरुको सहभागिता रहेको थियो ।चेतना महिला विकाश संघकी अध्यक्ष मन्धरा पौडेलको अध्यक्षतामा भएको उक्त समापन समारोहमा इलाका प्रशासन कार्यालय दमकमा प्रमुख बाँसु प्रसाद कोइरालाको प्रम्ुख उपस्थिती रहेको थियो । यसैगरि उक्त कार्यक्रममा दमक नगर पालिकाका कार्यकारी अधिकृत युवराज दाहाल, शसस्त्र प्रहरिबल पाथिभरा गणका गणपति प्रेमराज पोख्रेल, इलाका प्रहरी कार्यालय दमकमा प्रमुख राजन लिम्बु, अधिबक्ता चन्द्रा श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमका सहभागिहरुले विभिन्न प्ले कार्ड ब्यानर सहितको रयालीले दमक नगरको परिक्रममा गरि नेपाल रेडक्रस उपशाखा दमकको सभाहलमा आयोजित समारोहमा सहभागि भएका थिए ।
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान समापन
सवाल नेपालसंवाददाताशनिबार, २३ मङ्सिर २०७३

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान समापन
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण

यो पनि पढ्नुहोस् »
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने
बुधबार, १३ जेठ २०८३
निजी अस्पतालमा १६ गतेदेखि बीमाले आकस्मिक बाहेकमा काम नगर्ने
बुधबार, १३ जेठ २०८३



