१४ फागुन– संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव सरकारमा जाने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भएको भेटवार्तामा उनी सरकारमा आउने सहमति भएको हो ।
संघीय समाजवादीका तर्फबाट प्रदेश २ मा मुख्यमन्त्री लालबाबु राउतलाई वाम गठवन्धनले समर्थन गरेपछि केन्द्र सरकारमा पनि सहभागिताका बारेमा यादव र वाम नेताबीच छलफल जारी थियो । यादव सरकारमा आउने भएपछि उनलाई परराष्ट्र मन्त्रालय दिइने संभावना छ ।चक्रपथडटकमबाट



