
अविरल सिन्धु निरौला/ झापा अन्तरबार्ता पछिल्लो समयमा गित संगीतलाई आफ्नो रुचिको बिसय बनाउदै देश बिदेश सम्म आफ्ना स्रोताहरुलाई गित गाएर छमछमि नचाउदै हिड्ने झापाली लोक गायिका कविता सिवाकोटी सगको जंकाभेट-
१.आजकल के गर्दै हुनुहुन्छ?
– आजभोलि म मेरा केहि नयाँ गित रेकर्डिङको तयारी गर्दैछु अनि केही रिलिजको तयारी गर्दैछु।
२.कस्ता खालका गित गाउन रुचाउनु हुन्छ?
– म आधुनिक,डान्सिङ र लोकभाकाका गित गाउन मन पराउछु।
३.गायन बाहेक अन्य रुचि ?
– पढ्ने, लेख्ने गर्छु, जित संगीत सुन्ने गर्छु।
४.किन गाउनुहुन्छ?
– सानै देखि गित संगीत प्रती रुचि भएकोले अभ्यास गर्दै गए,त्यतिकैमा गाउन थाले।
५.घर परिवार ,गायन कसरी सम्हाल्नु हुन्छ?
– आफ्नो आधा भन्दा बढि समय घर परिवारलाई दिएर बाकी रहेको समय आफुलाई प्रयोग गर्छु, यसरी नै समय मिलाउछु।
६.तपाइँको प्रेरणाको स्रोत को हो?
– मेरो प्रेरणाको स्रोत भनेकै मेरी बहिनी लिला अनमोल र मेरा पति भुपाल सिवाकोटी हुनुहुन्छ। वहाहरुकै माया, प्रेरणा,हौसलाले गर्दा आज म यो क्षेत्रमा प्रवेश गर्न पुगेकी हु।
७.तपाई भन्दा पछिल्लो पुस्तालाई के सुझाब दिनुहुन्छ?
– अहिलेको जमना सग घुलमिल गराउने कोसिस गर्छु,वहाले नबुझेका कुराहरु बुझाउन कोसिस गर्छु।तपाईंहरू आफ्नो कलालाई लुकाएर नराख्नुस हिम्मतका साथ अघि बढ्नुस भन्न चाहन्छु।