काठमाडौँ- केपी ओली सरकारमा सोमबार थप चारजना मन्त्रीहरुले शपथ गरेका छन्।

माओवादीका तर्फबाट रामबहादुर थापा बादल गृहमन्त्री बनेका छन् भने मातृका यादवलाई वाणिज्य तथा उद्योगमन्त्रीको जिम्मेवारी दिइएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

एमालेका तर्फबाट ईश्वर पोखरेलले रक्षा मन्त्रालयको जिम्मेवारी पाएका छन् भने युवराज खतिवडाले अर्थ मन्त्रालयको शपथ लिएका छन्।