काठमाडौं– सिमेन्टमा ग्राहकलाई ठगी गर्दै आएका एक व्यापारी पक्राउ परेका छन्। टेकुस्थित साझा स्टोर एण्ड सप्लायर्सका सञ्चालक चन्द्रमान महर्जनलाई प्रहरीले पक्राउ गरेको हो।

उनले गोप्य रुपमा सिमेन्टको प्याकिङ गरेर एक बोरामा ३ किलोसम्म कम तौल राखेर बिक्रि गर्दै आएका थिए। सर्वसाधरणले थाहा नपाउने गरी टेकुमा गोप्य रुपमा छुट्टै प्याकिङ र स्टिचिङ गरेर उनले ठगी गर्दै आएको प्रहरीले जनाएको छ।

एक व्यक्तिले उक्त पसलबाट करिब १२ सय बोरा सिमेन्ट किनेका थिए। आँकलन गरेअनुसार सिमेन्टले नपुगेपछि शंका लागेर जोख्दा हरेक बोरामा थोरै मात्र सिमेन्ट भएपछि उनले प्रहरीमा उजुरी गरेका हुन्। महानगरीय प्रहरी वृत्त कालिमाटीले उनको गोदाममा छापा हान्दा उनले प्याकिङ र स्टिचिङ गर्दै आएको खुलेको हो। उनको गोदामबाट सिमेन्टका नयाँ बोरा तथा स्टिचिङ मेसिनहरु बरामद भएको महानगरीय प्रहरी वृत्त कालिमाटीका डिएसपी प्रदीप क्षेत्रीले बताए। पक्राउ परेका महर्जनलाई कालोबजारी मुद्दामा प्रहरीले कारबाही अघि बढाएको छ।

उनले शिवम्, निर्माण, हेटौंडा लगायत ब्राण्डका सिमेन्टहरु आफैं प्याकिङ गरेर कम तौल राखी बिक्रि गर्दै आएका थिए। यसरी उनले करोडौं ठगीसकेको हुनसक्ने प्रहरी अधिकारीहरु बताउँछ्न।

-नेपाल लाइभ बाट साभार 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah