काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले यही फागुन २५ गतेभित्रै एमाले–माओवादी केन्द्रवीचको एकतासम्बन्धी अन्तरिम विधान र राजनीतिक प्रतिवेदन टुँगो लगाउने र चैत्रको पहिलो हप्ताभित्रै बृहत्त एकता घोषणा गर्ने स्पष्ट पारेका छन् ।

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै रावलले भने,‘फागुन २५ गतेभित्रै हामी विधान र प्रतिवेदन टुँगो लगाउँछौं, त्यसपछि एकता बृहत्त रुपमा घोषणा गर्छौं, सम्भवतः एकता चैत्रको पहिलो हप्तामै हुन्छ, यदि ढिलो भयो भने पनि दोस्रो हप्ताभित्रै घोषणा हुन्छ, हामी त्यही अनुसार तिव्र तयारीमा जुटेका छौं।’

साक्षात्कारमा बोल्दै उनले एकता महाधिवेशन सकेसम्म एक वर्षभित्रै सम्पन्न गर्ने पनि जनाए । उनले भने,‘दुई वटा अलग–अलग पार्टी एकताको प्रक्रियामा भएकोले हामीहरु दुवै कार्यदल अहिले आन्तरिक कार्यमा व्यस्त छौं, अन्तरिम विधान लेखन सुरु गरिसकेका छौं, राजनीतिक प्रतिवेदन पनि सँगसँगै अघि बढाईरहेका छौं।’

रावलले छिट्टै मन्त्रिमण्डलले पूर्णता पाउने पनि विश्वास दिलाए । आउने आईतबारसम्म उपेन्द्र यादवसहितको मन्त्रिमण्डल विस्तार हुने उनको भनाई थियो । उनले भने,‘हाम्रो चाहना भनेको अध्यधिक राजनीतिक दलको सहभागिता होस्, यस्तो भयो भने राष्ट्रिय एकता बलियो हुन्छ,, त्यसैले हामीले उपेन्द्रजीलाई सरकारमा सहभागी गराउन चाहेको हौं, तर उहाँ नभए सरकार विस्तार हुँदैन भन्ने कुरा होईन, उहाँलाई पनि साथमै लिएर जान चाहेका छौं।’

उनले सरकारले पुर्णता पाउन अब विलम्ब नहुने जिकिर गरे । उनले थपे,‘अब ढिलाई हुँदैन, किनकी बजेटको पनि तयारी गर्नुपर्छ, जेठ १५ गते बजेट ल्याउनुपर्छ।’

उनले अर्थमन्त्रीमा नियुक्त भएका डा युवराज खतिवडा अर्थतन्त्रसम्बन्धीका ज्ञाता भएकोले समृद्धि हाँसिल गर्ने वर्तमान सरकारको उद्देश्यमा टेवा पुग्ने विश्वास दिलाए । उनले भने,‘एमालेमा अरु योग्य नेताहरु नै नभएर उहाँलाई नियुक्त गरेको भने होईन, अरु नेताहरुले पनि विगतमा अर्थमन्त्रालयको नेतृत्व गरिसक्नुभएको छ।’

त्यस्तै उनले राष्ट्रपति कसलाई बनाउने भन्नेबारे अहिले कुनै टुँगो लागि नसकेको जिकिर गरे । रावलले भने,‘राष्ट्रपति कसलाई बनाउने भन्नेबारे अहिले टुँगो लागेको छैन, स्थायी कमिटिमा पनि छलफल गर्छौं, माओवादी केन्द्रसँग पनि छलफल गर्छौं, अन्तिम टुँगो लाग्न बाँकी छ।’

रावलले आफूहरु पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेकोले लोकतन्त्र र कानूनी शासन अनुसार सबै चल्नुपर्नेमा जोड दिए । उनले थपे,‘हामी पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा छौं।’

-छलफल बाट साभार गरिएको 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah