काठमाडौं । हेपाहा प्रवृत्ती भएका भारतीय राजदुतावासका कर्मचारीहरुले मंगलवार सवक सिकेका छन् । अखिल क्रान्तिकारीका युवाहरुले उनीहरुलाई सवक सिकाएका हुन् ।
मंगलवार सिंहदरवार भित्रै भारतीय राजदुतावासको शान देखाउने कर्मचारीहरु युवाहरुको फन्दामा परेका थिए । सिंहदरवार भित्रै रोकिराखेको मोटरसाइकललाई ठक्कर दिएर पनि गल्ती महसुस नगर्ने उनीहरुलाई युवाहरुले कब्जामा लिएर पाठ पढाए ।
संजीब चौधरीले रोकेर राखेको बाइकलाई सिंहदरवार भित्रै २२–सी डी–९४ नम्बरको जीपले मंगलबार ठक्कर दिएको थियो । ठक्कर दिएर भारतीय दुतावासको शक्ति देखाउदै बलजफ्ती भाग्न खोजेपछि जीपको चावी थुतेर गाडी ३ घन्टा कब्जामा लिन बाध्य भएको समिर बुढाथोकीले जानकारी गराए । ‘गल्ती स्विकार गर्नुको सट्टा उल्टै हामी भारतीय दुतावासको हो , हामीलाई कसैले केहि गर्न सक्दैन भनेपछि आफुलाई मात्र हैन सिङ्गो प्रशासन र राज्य माथीनै हेपेको अनुभुती भयो ।’ उनले भने ।

युवाहरुको नियन्त्रणमा रहेका कर्मचारीहरुले यताउता फोन घुमाएर थप शक्ति प्रदर्शन गरेर उम्कन खोजेका थिए तर युवाहरुको अडान अघि केहिशीप नचलेपछि ३ घण्टापछि गल्ती भएको भन्दै माफी मागे ।उनीहरुले माफी मात्र मागेनन् , मोटरसाईकलनै मर्मत गरेपछि मात्र उनिहरुलाई छोडियो !
आफूहरु भारतीय दुतावासको आडमा हेप्न खोज्ने हेपाहा प्रवृत्ती विरुद्ध उत्रिएको बुढाथोकीले बताए । नेपालमा बसेपछि नेपालको कानुन मान्दिन भन्नु हेपाहा प्रबृत्ति भएको भन्दै उनले भने ,’नेपालमा गल्ती गर्दा सजाय पाइन्छ भन्ने उनीहरुले सायद् पाठ सिके, हाम्रो उदेश्य पनि यत्ति नै थियो ।’
छलफल डट कम बाट साभार



