बर्दिबास :

‘कौन तालपर ढोलक बाजे कौन ताल मृदंग

कौन तालपर गोरिया नाचे

कौन तालपर हम

जोगिरा सर..र..र।

मैथिली भाषामा फागुको यो प्रसिद्ध गीत जब मिथिलाञ्चलका गाउँगाउँमा गुञ्जिन्थ्यो तब फागु पर्व घरआँगनमा भित्रिएको आभास हुन्थ्यो। तर, अहिले समय फेरिएको छ। होलीका यस्ता मिठासपूर्ण गीत गाउँघरमा गुञ्जिन छाडेका छन्। अहिले साउन्ड बक्समा बजाइने अश्लील गीतले होलीको पौराणिक जोगिरा सररको भावना र मर्ममा सीधै प्रहार हुन थालेको छ। होलीको रौनक घटाएको छ।

वसन्त ऋतुको आगमनसँगै श्रीपञ्चमीदेखि पूर्णिमासम्म मिथिलामा फागुको चहलपहल सुरु हुन्छ। एकअर्कामा रङ र अबिर लगाउने माहोल बन्दै जान्छ। सरस्वती पूजाको समाप्तिपछि महिना दिनपछि आउने फागुवाको तयारीमा गाउँगाउँमा सुरिलो भाकामा जोगिरा सरररको तालमा मानिसहरू जुट्थे। यो अवस्था केही वर्ष पहिलासम्म थियो मिथिलाञ्चलमा तर, अहिले आधुनिक गीतले जोगिरा सरररलाई पाखा लगाइदिएको छ।

पहिले पहिले होली आउनुभन्दा पहिलेदेखि नै ग्रामीण क्षेत्रमा ढोलक, मृदंग र डम्फुको खोजी गरिन्थ्यो, सोधिखोजी हुन्थ्यो। कुनै वर्ष मुसाले बदमासी गरेर जोगिरा गाउने बाजामा दुलो पारेर कामै नलाग्ने बनाउथ्यो अनि चन्दा संकलन गरेर त्यसको मर्मत गरिन्थयो।

१५ वर्षअघि गाउँमा गरिएको होलीको तयारीबारे जानकारी दिँदै बिजलपुराका ५६ वर्षीय हरदेव महतोले पहिलाको होली सम्झिए। देशमा पहिचानका कुरा गरिरहँदा मिथिलाको पहिचान जोगिरा सररर हराउँदा पनि कसैले कुरा नउठाएकोमा उनलाई चिन्ता लागेको छ।

दैनिकको कामकाज सकेर साँझ जम्मा भई आलोपालो गर्दै गाउँभरि घुमेर जोगिरा गाउने परम्परा थियो। ‘दलानमा बसेर जोगिरा सरररको सुमधुर भाका गाइन्थ्यो, यो स्वर सुन्न नपाएको धेरैर भयो’, बर्दिबासकी एक सय चार वर्षीया मनरी सदा मुसहरले भनिन्। उनले धेरै वर्ष पहिला गाउँमा होलीको बेला जोगिरा सरररमा नाचेको अनुभव सुनाइन्।

जब जोगिरा सररर गाउँमा गुञ्जिन्थ्यो, तब होलीको माहोलले गाउँ उल्लासमय हुन्थ्यो। गाउँका युवादेखि बूढासम्म जोगिरामा मस्त हुन्थे। डम्फू, मृदंग, झ्याली र हार्मोनियमको तालमा ताल मिलाउँदै गवैयाले जब गाउँथे, ‘हे डम्फाके चोट महलबीच पहँचए, सुतली गोरिया चहकी उठय यही फागुनमे।’ तब बालबालिकादेखि बूढापाकासम्म होलीको उमंगमा रमाउथे। ‘सबै होलीको रङमा रंगीन होली पर्वको तयारीमा जुट्थे। श्रीमतीले रोजगारीका क्रममा बाहिर गएका श्रीमान्लाई होलीमा घर आउन सन्देश पठाउथे। घरका सदस्यहरूले बाहिर रहेका आफन्तलाई होलीमा घर फर्किन चिठी वा मौखिक सन्देश पठाउथे। तर अहिले त्यो अवस्था छैन’, पहिलाको होलीको परम्पराबारे जानकारी दिँदै पशुपतिनगरका सुरजसिंह कुशवाहले भने, ‘हास्यविनोद र कटाक्षले गाइने होलीको जोगिरा सरररले सबैलाई नाचौंनाचौं लाग्ने बनाउँथ्यो।’

गाउँघरमा जोगिरा गुञ्जिन छाडेकोमा जलेश्वर— १५ का होलैया नागेन्द्र पासवानले चिन्ता जाहेर गरे। उनले भने, ‘अब जोगिरा सरररको तालमा खुसीयाली साट्न सक्दैनौं। ती दिन हराए। अहिले नयाँ जवाना आयो। पुरानो जोगिराको खोजी गर्ने कोही छैन। जोगिरा संस्कृतिलाई जोगाएन भने यो नभेटिने गरि हराएर जान्छ।’

‘पहिले गीत गाएरै फागु आएको संकेत गरिन्थ्यो, अब त ढोल, मृदंग नै बज्दैनन्। न त फागु गीत नै गुञ्जिन्छन्’, बर्दिबासका ७० वर्षीय रामचन्द्र महतोले भने, ‘जोगिरा लोप भएर गएपछि होली पर्व होलीजस्तो नै लाग्दैन।’ प्रिय र प्रेयसी, देवर भाउजू, भेना सालीबीचको सुमधुर भावना समेटिएका होली गीत र जोगिराहरू अहिले सुन्न छाडिएको छ।

समय अभाव र पश्चिमी सभ्यताको बढ्दो प्रभावका कारण हरेक फागुन माससँगै होलीसम्म सुनिने होली गीत र जोगिरामा कमी आएको हो। ‘होलीमा अब पौराणिकता कहाँ छ र ?

दिनहुँजसो हुने झैझगडाले गर्दा अब होलीको रौनक नै छैन’, बर्दिबासका ६१ वर्षीय बेचन चौधरीले भने, ‘अहिलेको होली प्रेम र सद्भावको नभएर वैराग्य र वैमनश्यतापूर्ण हुँदै गएको छ। भाङको ठाउँमा मदिरा र प्रेम, सद्भावको ठाउँमा राग र द्वेष देखा परेको छ।’ अहिले होली जोगिरा सरररविहीन बनेको छ। रङबिनाको होली र माधुर्यबिनाको जोगिरा होली भएपछि के मज्जा ? उनले प्रश्न गरे। यस वर्ष पहाडमा फागुन १७ गते र तराईमा १८ गते होली मनाइँदै छ।

-अन्नपूर्ण पोस्ट बाट 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah