माओवादी केन्द्रबाट नेत्रृत्व गर्दै मन्त्रिपरिसद्मा गृहमन्त्रीको सपथ खाएका नेता रामबहादुर थापा ‘बादल’को टाउको दुखाईको बिषय बनेका छन् उनकै सहपाटी नेत्र बिक्रम चन्द ‘बिप्लव’ । केहि दिन अगाडि मात्र आफ्ना नेताहरुको रिहाईको माग गर्दै नेपाल बन्दको आयोजना गरेका बिप्लवले पछिल्लो समय भारतीय नायक सलमान खान नेपाल बिरोधि भएको भन्दै नेपालमा हुन लागेको कार्यक्रम असफल बनाउने घोषणा गरेको थियो।
विप्लव समूहले मदिराको प्रोमोशनका लागि दशौं हजारको टिकट बेचेर नेपालमा सलमानको कार्यक्रम गर्ने कुरा आफूहरुलाई मान्य नहुने बताएको थियो।
त्यस्तै नेपाल कम्प्यूनिष्ट पार्टीका कार्यकर्ताहरुले बिभिन्न जिल्लामा प्रधानमन्त्री केपी ओलीको पनि पुत्ला दहन गर्दै आएको छ । सरकारप्रती आक्रमक बन्दै आएको नेकपाप्रति गृहमन्त्रीले कस्तो नीति अवलम्वन गर्छन भन्ने चासोको बिषय बनेको छ ।
यसै क्रममा नेपाल कम्प्यूनिष्ट पार्टीका महासचिवसमेत रहेका विप्लवलाई पक्राउ गर्न पक्राउ पूर्जी जारी गरिएको छ ।
जिल्ला अदालत भोजपुरले पक्राउ गर्न आदेश दिए बमोजिम कार्यन्वय गर्नलाई विप्लवको घरमा पक्राउ पूर्जी टासिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनायो । विलप्वको घर शिवराज नगरपालिकामा पर्छ ।
गृहमन्त्री बन्नासाथ सहपाठीलाई पक्राउ पूर्जी जारी गर्न आदेश दिएको भन्दै बादलको आलोचना शुरु भएको छ ।



