पर्सा- पर्साको जिल्ला प्रहरी कार्यालय नजिकै गोली चलेको छ। अज्ञात हतियारधारीले गोली चलाउँदा वीरगन्ज महानगपालिका–१३ रानीघाटका ३२ वर्षीय उमेशप्रसाद चौरसिया गम्भीर घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालयभन्दा ५० मिटर पश्चिममा रहेको रातोबंगला अगाडि गएराति साढे ९ बजे गोली प्रहार भएको हो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

घाइते चौरसियाको वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचारका लागि भर्ना गराए पनि स्वास्थ्य स्थिति जटिल बनेपछि वीर अस्पताल पठाइएको छ। उनको दाहिने कोखामा गोली लागेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिए।

गोली प्रहारमा संलग्नलाई पक्राउ गर्न वीरगन्जसँग सिमाना जोडिएका क्षेत्रमा चेकजाँचलाई तीव्र पारिनाका साथै नगर क्षेत्रमा भित्रिने र बाहिरिने बाटोमा सेमत चेकजाँच भइरहेको प्रहरी नायब उपरीक्षक लिम्बूले जानकारी दिए।

चौरसिया धागो व्यापारी हुन्। जिल्ला प्रहरी कार्यालयको नजिकै भएको गोली प्रहार घटनाले स्थानीवासी त्रसित बनेका छन्।

-श्रोत: नेपाल लाइभ बाट