काठमाडौं-संघीय समाजवादी फोरमले चार मन्त्रालय माग गरेपछि बाम गठबन्धसँग सरकारमा सहभागी हुने गरी बिहीबार गर्न लागिएको सहमति फेरि भाँडिएको छ।

बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको एमाले, माओवादी केन्द्र र फोरमको वार्तामा मन्त्रालय भागवण्डामा कुरा नमिलेपछि बैठक विना निष्कर्ष सकिएको छ। स्रोतका अनुसार फोरम चारवटा मन्त्रालय पाउनु पर्ने दाबी गरेपछि सहमति जुट्न नसकेको हो।

वाम गठबन्धन फोरमलाई दुईवटा मन्त्रालय दिन तयार भए पनि उसले बिहीबारको बैठकमा चारवटा मन्त्रालय पाउनु पर्ने दाबी गरेको बैठकमा सहभागी एक नेताले देश सञ्चारलाई जानकारी दिए। बुधबार बेलुका सिंहदरबारमा भएको छलफल पनि विना निष्कर्ष टुंगिएको थियो।

बैठकपछि संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टीभित्र थप छलफल गर्नुपर्ने भएकाले निष्कर्ष पुग्न नसकिएको बताए। उनले भने, ‘हामी सकारात्मक थियौं। तर, थप आन्तरिक छलफल गर्नुपर्ने भयो। सरकारमा सहभागी हुन केही समय लाग्छ।’

बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहभागी भए पनि भैरहवा जानु छ भन्दै पहिल्यै निस्किएका थिए। दाहाल बाहिरिएपछि एमाले र फोरमका नेताबीच छलफल भएको थियो।

फोरमले अघि सारेको संविधान संशोधन, विगतमा भएका सम्झौता कार्यान्वयका लागि एमाले माओवादी तयार भए पनि मन्त्रालयको भागवण्डा नमिल्दा सरकारमा सहभागी गराउने प्रयासले मूर्तरुप लिन सकेको छैन।

फोरमलाई समेत एकैपटक सरकारमा ल्याउन एमाले माओवादीबाट थप मन्त्रीसमेत नियुक्तिसमेत रोकिएको छ। एमाले माओवादीसँग स्पष्ट बहुमत भए पनि दुई तिहाइ पुर्‍याउनका लागि फोरमलाई सहभागी गराउन प्रयास जारी राखेका छन्। प्रतिनिधिसभामा फोरका १७ जना सांसद छन्।

देश संचार बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah