काठमाडौं– नागरिकतामा जन्ममिति फरक परेर सबैभन्दा बढी उमेरका सांसदका रुपमा बाँकी सांसदलाई सपथ गराउन लागेका महेन्द्र राय यादवप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले व्यंग्य गरेका छन्। यादवको खास जन्म मितिभन्दा नागरिकतामा उल्लेखित मिति अगाडि भएका कारण जेष्ठ सदस्यका रुपमा उनले आइतबार सांसदहरुलाई सपथ खुवाउँदै छन्।

‘अस्तिसम्म मैले भाइ भन्दै थिएँ’, शनिबार नेकपा एमाले र माओवादी केन्द्रका सांसदहरुको संयुक्त बैठकमा सहभागीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘तर, नागरिकता हेर्दा फुपाजुभन्दा जेठा भएर निस्के।’

प्रधानमन्त्री ओलीले नागरिकता सम्बन्धी विवादले नेपाल कस्तो हालतमा छ भनेर स्पष्ट पार्ने पनि बताए। अदालतदेखि अस्पतालसम्म नागरिकताको विवाद भएकोमा उनले व्यग्यसमेत गरे। ‘अदालत, अस्पताल, माइतीघरमा नागरिकताको विवाद छ। हुँदाहुँदा अहिले संसदमा पनि नागरिकताको विवाद देखियो,’ उनले भने, ‘धन्न मचाहिँ एकै दिनमा जन्मिएको रहेछु।’

प्रधानमन्त्री ओलीले नवनिर्वाचित सांसदहरुलाई जिम्मेवारी ठूलो भएको स्मरण पनि गराए। ‘दृढ मनोबलका साथ काम गरौं’, उनले भने,’अब अलमलिनुपर्ने, अल्झिनुपर्ने काम छैन। जिम्मेवारीबोधका साथ काम गरौं।’

त्यस्तै, प्रधानमन्त्री ओलीले संसदमा एमाले र माओवादीको आकार गाई र त्रिशुल खेलेर नपाएको पनि बताए। ‘जनताको भारी मतले यो आकार आएको हो’, ओलीले भने, ‘त्यसैले देश विकास गरेर देखाउनुपर्छ।’

नेपाललाइभ बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah