विष्णुप्रसाद पोखरेल
दमक/पूर्व डिआइजि एवं साँसद नवराज सिलवाल हिजो संसद भवनमा प्रवेस गरेको विषय सर्वाधिक चासोको बिषय बन्यो । उनलाइ प्रहरीले फरार अभियुक्तको रुपमा परिभाषित गर्दै आएको छ । यद्यपि सिलवालले आफू फरार अभियुक्त नभएको बताइ सकेकाछन् ।
सिलवाल नेकपा एमाले र माओबादी केन्द्रका साँसदहरुलाइ शिर्ष नेताहरुले दिएको प्रशिक्षणमा सहभागि हुन संसद भवन आएकाहुन् । तर उनि संसद भवनमा आएको विषयमा आफूहरुलाइ थाहा नभएको जिल्ला प्रहरी कार्यालय काठमण्डौले बतायो ।
बढुवा प्रकरणसंग जोडेर सिलवाललाइ किर्ते प्रमाण पेस गरेको आरोप लगाएर अघिल्लो सरकारले मुद्धा चलाउन प्रयास गरेको थियो । त्यो मुद्धाको फायल अदालतसम्म भन्ने पुगेको छैन । सिलवाललाइ त्यहि आधारमा पक्राउ गर्न खोजिएपछि सार्वजनिक रुपमा उनि देखिएका थिएनन् ।
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएपश्चात सुटुक्क बालुवाटार पसेपछि नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले त्यसको बिरोध जनाएका थिए । फरार अभियुक्त प्रधानमन्त्री निवास पुगेको भन्दै उनको आपत्ती रहेको थियो ।
प्रहरीको बढुवा प्रकरणबाट असन्तुष्ट भएर राजिनामा दिएपछि राजनीतिमा आएका उनलाइ एमाले अध्यक्ष ओलीले पार्टी प्रवेस गराएपछि गृहमन्त्री बनाउने सम्मका बिषयहरु उठेका थिए । पदीय भागवण्डा र शक्ति सन्तुलनका लागि गृह मन्त्रालय माओबादी केन्द्रको भागमा परेको छ ।
यसले गर्दा तत्काललाइ गृहमन्त्री बन्ने बाटो सिलवालका लागि टरेको छ । गृह राज्य मन्त्री बनाउने प्रयास भने भइरहेको बताइन्छ । उनका लागि गृह राज्य मन्त्रीको बाटो खुला रहेको छ ।
यसका लागि दुबै पार्टीका शिर्ष नेता सकारत्मक रहेको र आज सपथ पछि उनलाइ पक्राउ गर्न सभामुखको अनुमचि चाहिन्छ । अब मन्त्री परिषद बिस्तार गर्दा सिलवाल गृह राज्य मन्त्री भएको अवस्थामा अनौठो र कल्पना नगरेको बिषय बन्ने छैन ।



