हामीले बिरामी माझीको घर सोधिखोजी गर्यौ । जरजर घरमा पुगियो । जहाँ एक बृद्धमात्र थिए । गंगा माझी रहेछन् उनि । आँगनमा दिशाको लिन्डो नै लिन्डो थियो । उनि उठ्न खोजे सकेनन् । आफूलाइ हेरबिचार गर्ने श्रीमति काममा गएको बताए ।
विष्णुप्रसाद पोखरेल
लायन्स क्लव अफ माउण्ट एभरेष्टका अध्यक्ष रुद्र गौतमले दमक ५ मा एक माझी परिवारका बृद्ध गरिबीले उपचार नपाएको सुनेको भन्दै त्यहाँ गएर के सहयोग गर्न सकिन्छ भने गरौ भन्ने प्रस्ताव गर्नु भयो । हामी पत्रकार एवं सञ्चार गृहले गर्न सक्ने भनेको त्यो विषय बाहिर ल्याउन र सरोकारवाला निकायको ध्यान केन्द्रित गर्नु नै हो जाउ न त भनेर गइयो ।
शनिवार अपरान्ह हामी हरी ओम कोलेनीसंग टाँसिएको एउटा सुकुम्बासी बस्ति पुगियो । हामीले बिरामी माझीको घर सोधिखोजी गर्यौ । जरजर घरमा पुगियो । जहाँ एक बृद्धमात्र थिए । गंगा माझी रहेछन् उनि । आँगनमा दिशाको लिन्डो नै लिन्डो थियो । उनि उठ्न खोजे सकेनन् । आफूलाइ हेरबिचार गर्ने श्रीमति काममा गएको बताए ।
श्रीमति अर्कोको घरमा जुठाँ भाडा माझेर श्रीमान पाल्दै आएकी रहेछन् । माझी कुनै समय चर्चित ब्याक्ति रहेछन् । दमकका ठूलाबडा र जमिनदारहरुको खेत जोतेका रहेछन् । पछि रिक्सा पनि कुदाएछन् । ६ महिनादेखि उनि थला परेकाछन् । खाना त अपुग रहेको यो घरमा अस्पतालमा गएर जँचाउन पैसा रहेनछ ।
हामी फर्किए लगत्तै नगर प्रमुख रोमनाथ ओली र उपप्रमुख गिता अधिकारीलाइ लायन्स अध्यक्ष गौतमले फोन गरेर जानकारी गराउनु भयो । सोहि अनुसार आइतवार बिहान खानाका लागि राहत लिएर लायन्स, सवाल नेपालको टिम र नगरपालिका प्रमुख, उपप्रमुख हामी त्यो घरमा पुगिउ । राहत लायन्स अध्यक्ष गौतम, प्रथम उपाध्यक्ष चन्द्र गजमेर र तृतिय अध्यक्ष मनोज अग्रवाल, लायन्सकर्मी बुद्धिशेखर भट्टराइले जुटाए ।
त्यहाँ पुगेपछि गरिबीको पीडा त्यहाँ पुग्नेहरुले महसुस गरे । सबैका आँखाबाट आँशु झरे । उपचारका लागि तत्कालै आम्दा अस्पताल लैजान नगरप्रमुख र उपप्रमुखले ब्यवस्था गर्ने प्रतिबद्धता जनाए । मलाइ लाग्यो गरिबीका कारण मृत्यु पर्खने दमकमा अझै धेरैछन् जहाँ कसैको ध्यान गएको छैन ।
यो गरिव परिवारका लागि देवता बनेर पुग्ने लायन्स क्लव अफ दमक माउष्ट एभरेष्टका अध्यक्ष सहितको टिम, थाहा पाएर त्यहाँ पुग्ने नगर प्रमुख ओली र उपप्रमु अधिकारी सहित धन्वादको पात्र हुन् । सेवा गर्नु छ र स्थानीय सरकार भएको अनुभूत गराउनछ भने यस्ताहरुले न्याय पाउन् ।
हेर्नुहोस् भिडियो



